कालिकोटमा महेन्द्रविरुद्ध जीवनले दिए उम्मेदवारी
राष्ट्रिय सभाका पूर्वसदस्य जीवन बुढा टिकटको मुख्य दाबेदार मानिएका थिए। अन्तिममा टिकट नपाएपछि उनले बागी उम्मेदवारी दर्ता गराएका हुन्। ०७० सालको संविधान सभादेखि महेन्द्र शाही निरन्तर चुनाव लड्दै आएका छन्।
सुर्खेत, माघ ६ : कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीबिरुद्ध नेकपाका केन्द्रीय सदस्य जीवन बुढाले उम्मेदवारी दर्ता गराएका छन्।
कालिकोटबाट उम्मेदवार बन्ने चर्चामा रहेका बुढालाई मनोनयन दर्ता गर्ने अन्तिम दिन टिकट खोसिएपछि उनले बागी उम्मेदवारी दर्ता गराएका हुन्।
राष्ट्रिय सभाका पूर्वसदस्य जीवन बुढा टिकटको मुख्य दाबेदार मानिएका थिए। अन्तिममा टिकट नपाएपछि उनले बागी उम्मेदवारी दर्ता गराएका हुन्। ०७० सालको संविधान सभादेखि महेन्द्र शाही निरन्तर चुनाव लड्दै आएका छन्।
०७० सालमा चुनाव जितेका शाही २०७४ मा प्रदेश सभा चुनाव लडेर कर्णालीको पहिलो मुख्यमन्त्री बनेका थिए। ०७९ सालको चुनावमा प्रतिनिधि सभा सदस्य शाहीले निरन्तर अवसर पाउँदै आएका छन्।
आगामी निर्वाचनका लागि जीवन बुढाको बलियो दाबेदारी रहेको भएपनि पुष्पकमल दाहाल प्रचण्डको विश्वास पात्र मानिएका महेन्द्रले टिकट खोसेपछि निरंकुशताको विरुद्व आफ्नो उम्मेदवारी रहेको बुढाले बताए।
२० बर्षमा पनि एउटै ब्यक्तिले अवसर लिनु र अरुलाई वेवास्ता गर्ने प्रवृत्तिबिरुद्ध आफ्नो उम्मेदवारी रहेको बुढाले बताए।
कालिकोटबाट नेत्र विक्रम चन्द विप्लव नेतृत्वका प्रबक्ता खड्कबहादुर बिश्वकर्मा रहेपनि उम्मेदवारी दिएका छन्। माओवादी भित्रको आन्तरिक विवादले नेपाली काँग्रेस र एमालेका लागि निर्वाचन परिणााम आफ्नो पक्षमा पार्न सहन हुने आँकलन गरिएको छ।












