Kathmandu Press

रौतहट–४ निर्वाचन रोचक बन्ने अनुमान, ऋषि धमला पनि बने उम्मेदवार

मंगलबार चन्द्रपुरस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर धमलाले मनोनयन पत्र बुझाएका हुन्। 
रौतहट–४ निर्वाचन रोचक बन्ने अनुमान, ऋषि धमला पनि बने उम्मेदवार

रौतहट, माघ ६ : फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि रौतहट क्षेत्र नम्बर–४ मा उत्साहजनक रूपमा उम्मेदवारी दर्ता भएको छ।

यसैक्रममा पत्रकार ऋषि धमलाले आम जनता पार्टी बाट आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। मंगलबार चन्द्रपुरस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर धमलाले मनोनयन पत्र बुझाएका हुन्। 

Hardik ivf

आम जनता पार्टीका नेता, कार्यकर्ता र समर्थकहरूको ठुलो संख्यासहित निर्वाचन कार्यालय पुगेका धमलाले उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै आफू यस क्षेत्रको समस्या र वस्तुस्थितिबारे पूर्ण जानकार रहेको बताए।

उनले रौतहट क्षेत्र नम्बर–४ को समग्र विकास र समृद्धिका लागि आफूले उम्मेदवारी दिएको स्पष्ट पारे।

पत्रकार धमलाको प्रवेशले यस क्षेत्रको चुनावी प्रतिस्पर्धालाई थप रोचक र चर्चाको विषय बनाएको छ। सोही निर्वाचन क्षेत्रबाट अन्य प्रमुख राजनीतिक दलहरूले पनि आफ्ना उम्मेदवारहरू चुनावी मैदानमा उतारेका छन्।

नेपाली कांग्रेसका तर्फबाट पूर्व प्रतिनिधिसभा सदस्य देव प्रसाद तिमल्सिनाले उम्मेदवारी दर्ता गराएका छन । त्यस्तै, नेकपा एमालेका तर्फबाट रामजी साह, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० बाट गणेश पौडेल र नेपाली कम्युनिष्ट पार्टीबाट रामकुमार भट्टराईले मनोनयन पत्र दर्ता गराएका हुन्।

सबै उम्मेदवारहरू आ–आफ्ना समर्थक र दलबलसहित निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए, जसका कारण चन्द्रपुर क्षेत्र मंगलबार दिनभर चुनावी रौनकले भरिएको थियो।

मनोनयन दर्ता प्रक्रिया सकिएसँगै अब उम्मेदवारहरू चुनावी प्रचारप्रसार र घरदैलो अभियानमा केन्द्रित हुने भएका छन्।

प्रकाशित मिति: १८:०९ बजे, मंगलबार, माघ ६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्