Kathmandu Press

गीतमार्फत पुष्पन प्रधानको प्रश्न : जीवनभन्दा रोटी ठूलो कि रोटी भन्दा जीवन?

काठमाडौं, जेठ ८ : गायक पुष्पन प्रधानले स्रष्टा र श्रमजिवी कामदारलाई सम्बोधन गर्दै ‘रोटी’ बोलको गीत प्रस्तुत गरेका छन्।शब्दकार तथा संगीतकार....

गीतमार्फत पुष्पन प्रधानको प्रश्न : जीवनभन्दा रोटी ठूलो कि रोटी भन्दा जीवन?

काठमाडौं, जेठ ८ : गायक पुष्पन प्रधानले स्रष्टा र श्रमजिवी कामदारलाई सम्बोधन गर्दै ‘रोटी’ बोलको गीत प्रस्तुत गरेका छन्।शब्दकार तथा संगीतकार सी के श्रेष्ठद्वारा लिखित नाटक ‘दैलो’मा समावेश भएको रोटी शीर्षकको गीतले अहिलेको समयमा सान्र्दभिकता हुने भन्दै उनले गाएका छन्। 

दैनिक काम गरेर जीविकोपार्जन गर्दै आएका मजदुरलाई अहिलेको समयमा रोगले भन्दा भोकले साताएको भन्दै रोटीको महत्वलाई गीतमार्फत दर्शाएका छन्।

लकडाउनले आफुलाइृ ठूलो पाठ सिकाएको भन्दे उनले भनेका छन्, ‘रोटी भन्दा ठूलो औषधि एक श्रमिकको लागि केही हुँदैन रहेछ। एउटा भोको मान्छेको लागि घाम भनेपनि जुन भनेपनि आमा भनेपनि बाबा भनेपनि तीर्थ भनेपनि रोटी नै मात्र हुँदोरहेछ। मानिस रोगले मर्न रोगसँग लड्न सक्छन् । भोकले मर्न र भोकसँग लड्न नसक्दा रहेछन्।’

यसै सन्र्दभमा बाँधेर गीत प्रस्तुत गर्दै उनले जीवनभन्दा रोटी ठूलो कि रोटी भन्दा जीवन? भन्ने प्रश्नसमेत गरेका छन्।

प्रकाशित मिति: १८:०६ बजे, बिहीबार, जेठ ८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्