नेपालले टि–२० विश्वकपको तयारी श्रीलंका र भारतमा गर्ने
त्यहाँ नेपालले श्रीलंका एसँग ३ खेलको टि–२० सिरिज खेल्ने छ। यी खेल जनवरी २०, २२ र २४ मा हुनेछन्। त्यसबीचमा त्यहाँ नेपाली टिमले अभ्यास गर्ने छ।
काठमाडौं, पुस २९ : नेपाली क्रिकेट टिमले आसन्न टि–२० विश्वकपको तयारी विश्वकपका दुई आयोजक श्रीलंका र भारतमा गर्ने भएको छ।
अहिले रुपन्देहीमा अभ्यास गरिरहेको नेपाली टिमको विश्वकप तयारी श्रीलंकाबाट सुरु हुनेछ। पहिलो चरणको क्याम्पमा नेपाली टिमले करिब १ साता श्रीलंकामा बिताउने छ।
त्यहाँ नेपालले श्रीलंका एसँग ३ खेलको टि–२० सिरिज खेल्ने छ। यी खेल जनवरी २०, २२ र २४ मा हुनेछन्। त्यसबीचमा त्यहाँ नेपाली टिमले अभ्यास गर्ने छ।
श्रीलंकामा पहिलो चरणका क्याम्प सकेर नेपाली टिम भारत आउनेछ। त्यहाँ नेपालले मुम्बई क्रिकेट एसोसिएसनको एमसीए प्रेसिडेन्ट–११ २ अभ्यास खेल खेल्नेछ। खेल २९ ३१ जनवरीमा हुनेछ। पहिलो खेल डे–नाइट हुनेछ।
फेब्रुअरी ७ देखि भारत र श्रीलंकामा हुने विश्वकपमा नेपालले मुम्बईको वानखेडे मैदानमा फेब्रुअरी ८ मा इंग्ल्यान्डसँग पहिलो खेल खेल्नेछ।
प्रकाशित मिति: १९:०३ बजे, मंगलबार, पुस २९, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार












