नेतृत्व चयन प्रक्रियामा पुगेपछि विशेष महाधिवेशन मंगलबारसम्म लम्बियो
दुईजना महामन्त्रीले पेस गरेका प्रतिवेदनमाथिको छलफल अहिले पनि जारी छ। मंगलबार नेतृत्व चयन प्रक्रिया अगाडि बढ्ने जनाइएको छ।
काठमाडौं, पुस २८ : नेपाली कांग्रेसको संस्थापन इतर समूहद्वारा भृकुटीमण्डपमा आयोजना गरिएको विशेष महाधिवेशन मंगलबारसम्मका लागि लम्बिएको छ।
महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको प्रतिवेदनमाथि छलफलका लागि समय अपुग भएपछि महाधिवेशन मंगलबारसम्म लम्बिएको हो।
दुईजना महामन्त्रीले पेस गरेका प्रतिवेदनमाथिको छलफल अहिले पनि जारी छ। मंगलबार नेतृत्व चयन प्रक्रिया अगाडि बढ्ने जनाइएको छ।
विशेष महाधिवेशनले कांग्रेस केन्द्रीय कार्यसमिति भंग गरी नेतृत्व चयन प्रक्रियामा पुगेपछि पार्टी एकता जोगाउन सभापति शेरबहादुर देउवा सक्रिय बनेका छन्। अहिले विभिन्न चरणमा नेताहरुसँग छलफल चलिरहेको छ।
केही समय अघि नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालासहितका नेताहरू सभापति देउवासँग छलफल सकेर बाहिरिएका छन् । नेता शेखरले पनि विभिन्न नेताहरुसँग छलफल चलाएका छन्।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकास शर्माले भृकुटीमण्डपमा विशेष महाधिवेशन संचालन गरिरहेका बेला देउवासहितका नेताले पार्टी एकता जोगाउन छलफल तीव्र पारेका हुन्।












