Kathmandu Press

कोरोनाका कारण ओस्कर अवार्ड पनि सारिँदै

काठमाडौं, जेठ ८ : कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण ओस्कर अवार्ड  पनि सारिने भएको छ।

ओस्कर अवार्ड २८ फेब्रुअरीमा हुने गरेको थिय....

कोरोनाका कारण ओस्कर अवार्ड पनि सारिँदै

काठमाडौं, जेठ ८ : कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण ओस्कर अवार्ड  पनि सारिने भएको छ।

ओस्कर अवार्ड २८ फेब्रुअरीमा हुने गरेको थियो। कोरोनाका कारण सन् २०२१ को फेब्रुअरीमा हुने ओस्कर अवार्ड वितरण समारोह मे-जुनतिर सार्न लागिएको छ।

Hardik ivf

ओस्करमा सहभागिताका लागि मार्च-अप्रिलपछि निवेदन खुल्ने गरेको छ। त्यसपछि नोभेम्बर-डिसेम्बरमा नोमिनेसको सर्ट लिस्ट बन्ने गरिएको छ। र, जुरी सदस्यहरुले जनवरीमा मतदान गर्दै आएका छन्।

ओस्करअवार्ड सुरु भएको ९३ वर्षको इतिहासमा पहिलो पटक मिति सार्न थालिएकाे हो।

गत महिना केही नियममा परिवर्तन गरेर डिजिटल माध्यममा रिलिज भएका फिल्मले पनि सहभागिता जनाउन पाउने प्रावधान  राखिएको थियो।

 

प्रकाशित मिति: १५:०६ बजे, बिहीबार, जेठ ८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्