कालीमाटीमा तरुलको व्यापार [तस्बिरहरू]
हाल बजारमा पाँचऔँले, सिँगाने पिँडालु, दूधेपिँडालु, घरतरुल, वनतरुल, सिमलतरुल, पानीतरुल, हात्तीपाइले, पातले, आकासे तरुल, नेपाली तरुल र रातो तरुल लगायतका कन्दमूलको व्यापार बढेको छ।![कालीमाटीमा तरुलको व्यापार [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/tarul-cover-1767940271.jpg)
काठमाडौं, पुस २५ : माघेसंक्रान्ति नजिकिँदै जाँदा उपत्यकाको प्रमुख तरकारी बजार कालीमाटीमा तरुल तथा कन्दमूल किन्ने उपभोक्ताको चहलपहल बढेको छ। पर्वलाई लक्षित गर्दै विभिन्न किसिमका तरुलहरू कालीमाटी तरकारी बजारमा किनबेच भइरहेका छन्।
हाल बजारमा पाँचऔँले, सिँगाने पिँडालु, दूधेपिँडालु, घरतरुल, वनतरुल, सिमलतरुल, पानीतरुल, हात्तीपाइले, पातले, आकासे तरुल, नेपाली तरुल र रातो तरुल लगायतका कन्दमूलको व्यापार बढेको छ।
माघेसंक्रान्तिमा तरुल खाने परम्पराका कारण माग बढ्दा बजारमा व्यापार पनि उल्लेख्य रूपमा बढेको छ।
हेर्नुस् कालिमाटीमा लागेको तरुल किन्नेको भीडका केही तस्बिरहरु:














प्रकाशित मिति: १२:१६ बजे, शुक्रबार, पुस २५, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![चाकु बनाउने चटारो [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1767945774.jpg)
![कालीमाटीमा तरुलको व्यापार [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/tarul-cover-1767940271.jpg)
![टुँडिखेलमा तमु ल्होसारको रौनक [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1767086444.jpg)
![संसद् भवन अगाडि जेनजी आन्दोलनको सम्झना [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1766906724.jpg)