Kathmandu Press

अनुष्का शर्मालाई पठाइयो ‘लिगल नोटिस’

काठमाडौं, जेठ ८ : भारतीय अभिनेत्री अनुष्का शर्मा निर्मित वेब सिरिज ‘पाताल लोक’ श्रृंखलामा प्रयोग भएको विवादित सम्वादलाई लिएर कानुनी कारबाह....

अनुष्का शर्मालाई पठाइयो ‘लिगल नोटिस’

काठमाडौं, जेठ ८ : भारतीय अभिनेत्री अनुष्का शर्मा निर्मित वेब सिरिज ‘पाताल लोक’ श्रृंखलामा प्रयोग भएको विवादित सम्वादलाई लिएर कानुनी कारबाही अगाडि बढाइएको छ।

लयर्स गिल्डका सदस्य एवं प्रणय राय एन्ड एसोसिएट्स च्याम्बरमा आवद्ध कानुन व्यवसायी वीरेन श्री गुरुङले अनुष्कालाई ‘लिगल नोटिस’ पठाएका छन्। सिरिजको दोस्रो श्रृंखलामा प्रयोग भएको सम्वादले नेपाली समुदायमाथि अपमान भएको उनले ‘लिगल नोटिस’मा उल्लेख गरेका छन्।

Hardik ivf

उनले नवभारत टाइम्ससँग भनेका छन्, ‘एक दृश्यमा महिला प्रहरीमार्फत जुन शब्दको प्रयोग गराइएको छ, त्यो स्वीकार्य छैन। निर्माताको हिसाबले अनुष्का शर्मा जिम्मेवार भएकाले लिगल नोटिस पठाएको हुँ।’

कानुन व्यवसायी गुरुङले अनुष्काले गल्ती स्वीकार्दै माफी माग्नुपर्ने बताएका छन्। यो एक व्यक्तिविरुद्ध नभई गलत सन्देश प्रवाहविरुद्ध भएको उनको भनाइ छ। अनुष्काको तर्फबाट भने कुनै जवाफ नआएको उनले बताएका छन्।

यसको सामाजिक सञ्जालमा पनि विरोध भइरहेको छ। अनुष्काको तीव्र आलोचना भइरहेको छ।

भारतीय गोरखा युवा परिसंघले अनुष्का र भारतका सूचना तथा प्रसारणमन्त्री प्रकाश जावडेकरलाई सम्बोधन गर्दै  सिरिजमा प्रयोग भएको शब्द म्युट गर्न आग्रह गरेको छ। त्यस्तै, सबटाइटल ब्लर गर्न आग्रह गरेको छ।

 

प्रकाशित मिति: ११:५४ बजे, बिहीबार, जेठ ८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्