Kathmandu Press

नेपालको पक्ष लिएर बोलेको भन्दै मनिषा कोइरालालाई भारतीय मिडियाको गाली

काठमाडौं, जेठ ७ : अभिनेत्री मनिषा कोइरालाले नेपालको नयाँ नक्सालाई लिएर गरेको ट्वीटको कारण विवादमा तानिएकी छिन्। उनको ट्वीटलाई लिएर भारतीय सञ्चार माध्य....

नेपालको पक्ष लिएर बोलेको भन्दै मनिषा कोइरालालाई भारतीय मिडियाको गाली

काठमाडौं, जेठ ७ : अभिनेत्री मनिषा कोइरालाले नेपालको नयाँ नक्सालाई लिएर गरेको ट्वीटको कारण विवादमा तानिएकी छिन्। उनको ट्वीटलाई लिएर भारतीय सञ्चार माध्यम र ट्वीटर प्रयोगकर्ताले विभिन्न प्रश्न गर्दै तुच्छ गालीसमेत गरेका छन्।

नयाँ नक्साबारे परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले गरेको ट्वीट ‘लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितका भूभाग समेट्दै ७ प्रदेश, ७७ जिल्ला र ७५३ स्थानीय तहको प्रशासनिक विभाजन खुल्ने गरी नेपालको नक्सा प्रकाशित गर्ने मन्त्रिपरिषदको निर्णय।’ लाई रिट्वीट गर्दै, ’हाम्रो सानो राष्ट्रको गरिमा बढाएकोमा धन्यवाद। अब हामी तीन महान देशबीच शान्तिपूर्ण र सम्मानजनक वार्तालापको गर्दछौं।’ लेखेकी थिइन्।

भारतीय टिभी च्यानल एबीपी न्यूजले उनको ट्वीटलाई लिएर समाचार बनाउँदै – भारतको नुन खाएर चीनको गीत गाउने? समेत भनेको छ। 

मनिषाले यसबारे भने कुनै प्रतिक्रिया जनाएकी छैनन्। राप्रपा अध्यक्ष एवं पूर्वउपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले भने मनिषाको बारेमा भारतीय मिडियाले उठाएको विषयलाई पित पत्रकारिताको संज्ञा दिएका छन्।

प्रकाशित मिति: १६:३१ बजे, बुधबार, जेठ ७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्