Kathmandu Press

‘जुनुको जुत्ता’लाई अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौं, जेठ ७ : नेपाली सर्ट फिल्म ‘जुनुको जुत्ता’ले अन्तर्राष्ट्रिय अवार्ड जितेको छ।

यो फिल्मले ‘इन्टरनेसनल सर्ट फिल्म फ....

‘जुनुको जुत्ता’लाई अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौं, जेठ ७ : नेपाली सर्ट फिल्म ‘जुनुको जुत्ता’ले अन्तर्राष्ट्रिय अवार्ड जितेको छ।

यो फिल्मले ‘इन्टरनेसनल सर्ट फिल्म फेस्टिभल ओवरहोउसेन’को ६६औं संस्करणमा ‘चिल्ड्रेन एन्ड युथ कम्पिटिसन’अन्तर्गत् ‘स्पेसल मेन्सन अफ द चिल्ड्रेन्स जुरी’ अवार्ड पाउन सफल भएको हो।

फिल्मका निर्देशक केदार श्रेष्ठले यो सफलता पाएकोमा सबैलाई टिम तथा शुभेक्षकप्रति आभार व्यक्त गरे। सन् १९५४ देखि जर्मनीमा आयोजना हुँदै आएको इन्टरनेसनल सर्ट फेस्टिभलमार्फत् अन्तर्राष्ट्रिय प्रिमियर भएको थियो।

यसअघि यो फिल्मले अमेरिकाको लस एन्जेल्स इन्टरनेसनल फिल्म फेस्टिभलको ‘इन्डि सर्ट फेस्ट’मा ‘बेस्ट चिल्ड्रेन सर्ट फिल्म’ अवार्ड पनि जितेको थियो।

कोरोनाको कारण संसारभरका फिल्म क्षेत्रमा असर परेपछि जर्मनमा आयोजित फेस्टिभलमार्फत सम्पन्न गरिएको हो। विद्यालय जाँदा आउँदा चप्पल उल्टो लगाउने बालिकाको कथा ‘जुनुको जुत्ता’ फिल्ममार्फत प्रस्तुत गरिएको छ।

पाँच वर्षीया हिस्सी लामा, याङ्जी लामा शेर्पा, पासाङ ल्हमू लामा, खड्क कुमारीलगायत कलाकारले यसमा अभिनय गरेका छन्।

 

प्रकाशित मिति: १२:२० बजे, बुधबार, जेठ ७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्