Kathmandu Press

बलिउड फिल्म 'मलंग'को सिक्वेल आउँदै

काठमाडौं, जेठ ७ : बलिउड ब्लकबस्टर फिल्म 'मलंग'को सिक्वेल आउने भएको छ।

दिशा पाटनी र आदित्य राय कपूर अभिनित मंगललाई दर्शकले खुब रुचाएक....

बलिउड फिल्म 'मलंग'को सिक्वेल आउँदै

काठमाडौं, जेठ ७ : बलिउड ब्लकबस्टर फिल्म 'मलंग'को सिक्वेल आउने भएको छ।

दिशा पाटनी र आदित्य राय कपूर अभिनित मंगललाई दर्शकले खुब रुचाएका थिए। जसले गर्दा निर्माता यसको सिक्वेल बनाउने तयारीमा जुटेका छन्।

एक महिना अघि यसलाई डिजिटल प्लेटफर्ममा रिलिज गरिएको थियो। भारतलगायत १२ देशमा यो लगातार ट्रेडिङमा रहेको छ। जसले गर्दा पनि निर्माता सिक्वेलका लागि तयार भएको जनाएको छ।

अहिले निर्माताहरु सिक्वेलका लागि तयारीमा जटेका छन्। निर्माता अंकुर गर्ग भन्छन्, 'हलमा हेरेपछि पनि डिजिटिल प्लेटफर्ममा यति धेरै माया गर्नुहुने दर्शकलाई धन्यवाद दिन चाहन्छौं।'

 

प्रकाशित मिति: ११:५० बजे, बुधबार, जेठ ७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्