Kathmandu Press

क्रिकेटर सन्दीप लामिछानेको गीत ‘समर्पित’ सार्वजनिक

काठमाडौं, जेठ ६ : लेग स्पिनर सन्दीप लामिछानेले आफ्नो नयाँ गीत ‘समर्पित’ युट्युबमार्फत सार्वजनिक गरेका छन्। मंगलबार सार्वजनिक भएको गीत....

क्रिकेटर सन्दीप लामिछानेको गीत ‘समर्पित’ सार्वजनिक

काठमाडौं, जेठ ६ : लेग स्पिनर सन्दीप लामिछानेले आफ्नो नयाँ गीत ‘समर्पित’ युट्युबमार्फत सार्वजनिक गरेका छन्। मंगलबार सार्वजनिक भएको गीत ‘समर्पित’ एल्बमबाट दिइएको हो।

गीतमा साहिल जमिर अलीको शब्द रहेको छ। संगीत र एरेन्ज कमल रानाको छ भने गीतलाई सहिल र सन्दीपले कम्पोज गरेका हुन्। 

सन्दीपले यस गीतका लागि लामो समयदेखि काम गरिरहेका थिए। उनले अस्ट्रेलियाको विगबास लिग २०१९ २० देखि यो गीतमा काम थालेको हुन्।

उनले लेखेका छन्, ‘आशा छ तपाईंहरूले यस गीतलाई मन पराइदिनुहुनेछ। लकडाउनको समयमा घरमै सुरक्षित बस्नु होला। एक अर्काप्रति प्रेमसाथ रहौैं। सबैमा माया।’

यसअघि सन्दीपको भेटुँ कसरी, मेमोरी, बगी जाने खोला, यो झरीमा, उदासलगायत गीत सार्वजनिक भइसकेका छन्।

प्रकाशित मिति: १९:०१ बजे, मंगलबार, जेठ ६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्