Kathmandu Press

काठमाडौंलाई हराउँदै लुम्बिनी क्वालिफायर २मा, फाइनल प्रवेशको लागि विराटनगरसँग खेल्ने

बुधबार भएको खेलमा काठमाडौं गोर्खाजलाई ४ विकेटले हराउँदै लुम्बिनी क्लालिफायर २मा पुगेको हो।
काठमाडौंलाई हराउँदै लुम्बिनी क्वालिफायर २मा, फाइनल प्रवेशको लागि विराटनगरसँग खेल्ने

काठमाडाैं, मंसिर २४ : एलिमिनेटरमा जित निकाल्दै लुम्बिनी लायन्स नेपाल प्रियिमर लिगको क्वालिफायर २मा प्रवेश गरेको छ। बुधबार भएको खेलमा काठमाडौं गोर्खाजलाई ४ विकेटले हराउँदै लुम्बिनी क्लालिफायर २मा पुगेको हो।

अब लुम्बिनीले फाइनल प्रवेशका लागि भोलि हुने क्वालिफायर २मा विराटनगर किंग्ससँग खेल्ने छ। क्वालिफायर १मा सुदूरपश्चिम रोयल्ससँग पराजित भएपछि विराटनगर क्वालिफायर २मा पुगेको हो।

Hardik ivf

प्रतियोगिताकै कम ११२ रनको लक्ष्य लुम्बिनीले १७.४ ओभरमा ६ विकेटको क्षतिमा भेट्टायो। उसका लागि डार्सी सर्टले सर्वाधिक ३३ रन बनउाँदा सन्दीप जोराले २३, कप्तान रोहित पौडेलले १८ र निरोशन डिक्वेलाले १४ रन बनाए।

बलिङमा काठमाडौंका सन्तोष यादवले २ विकेट लिए भने करण केसी, सन्नी पटेल, साहब आलम र रसिद खानले समान १ विकेट लिए।

कीर्तिपुरस्थित टियू रंगशालामा जारी खेलमा टप अर्डर कोल्याप्स भएपछि टस जितेर पहिला ब्याटिङ गरेको काठमाडौं १९.१ ओभरमा १११ रन मात्रै बनाउन सकेको थियो। यो जारी प्रतियोगिताकै पहिलो इनिङको कम स्कोर हो। 

उसले टप चार ब्याट्सम्यान पावर प्लेमै गुमाएको थियो। उसका लागि युवा अलराउन्डर सन्तोष यादवले १७ बलमा सर्वाधिक २३ रन बनाए। यस्तै, मोहम्मद अदिल आलम र जोन सिम्पसनले समान १८ रन बनाउँला भीम सार्कीले १४ रन बनाए। अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्। 

काठमाडौंको इनिङ धरासायी बनाउने क्रममा शेर मल्ल र कप्तान रोहितकुमार पौडेलले समान ३ विकेट लिँदा रुबेन त्रुमपेलमनले २ विकेट लिए।

 

प्रकाशित मिति: १९:२९ बजे, बुधबार, मंसिर २४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्