Kathmandu Press

बलिउड अभिनेता नवाजुद्दिन सिद्दिकी परिवारसहित क्वारेनटाइनमा

काठमाडौं, जेठ ६ : बलिउड अभिनेता नवाजुद्दिन सिद्दिकी परिवारसहित क्वारेन्टाइनमा बसेका छन्।

उनले बिरामी आमालाई भेट्न गाउँ गएको र क्वारेन्टाइनमा....

बलिउड अभिनेता नवाजुद्दिन सिद्दिकी परिवारसहित क्वारेनटाइनमा

काठमाडौं, जेठ ६ : बलिउड अभिनेता नवाजुद्दिन सिद्दिकी परिवारसहित क्वारेन्टाइनमा बसेका छन्।

उनले बिरामी आमालाई भेट्न गाउँ गएको र क्वारेन्टाइनमा बसिरहेको बताएका छन्। ‘अहिले देश कोरोना महामारीसँग लडिरहेको छ। म इद मनाउन घर आएको होइन, बिरामी आमा भेट्न घर आएको हुँ,’ सिद्दिकीले भनेका छन्।

Hardik ivf

केही भारतीय सञ्चारमाध्यमले उनी लकडाउनको समयमा इद मनाउन घर गएको समाचार प्रकाशन गरेका थिए। उनले ति समाचारको खण्डन गर्दै आमा बिरामी भएको खबर सुनेर बुधाना गाउँ पुगेको बताएका छन्।

उनले भनेका छन, ‘म दुई महिनायता मुम्बईमै सेल्फ क्वारेन्टाइनमा थिएँ। ऋहिले अनुमति लिएरै गाउँ गएको हुँ।’

उनले यस्तो महामारीको अवस्थामा बिरामी आमाको साथ रहन पाएकोमा खुशी व्यक्त गरेका छन्। उनी लकडाउनको कारण श्रीमती र सन्तानसँग पनि टाढा रहेका थिए।
अहिले बुधाना गाउँमै परिवारका सदस्य सहित क्वारेन्टाइनमा बसिरहेका छन्।
 

 

प्रकाशित मिति: १३:३२ बजे, मंगलबार, जेठ ६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्