Kathmandu Press

प्रधानमन्त्रीलाई प्रगतिशील लोकतान्त्रिक पार्टीले बुझायो चार बुँदे ज्ञापन पत्र

उनले भ्रष्टाचारसम्बन्धी छानविन गर्न एक उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गरी आयोगको सिफारिसको आधारमा दोषीलाई कारबाही गरी भ्रष्टाचारबाट आर्जित सम्पत्तिलाई राष्ट्रियकरण गर्ने प्रक्रियाको थालनी गर्नको लागि प्रधानमन्त्रीलाई अनुरोध गरेको जानकारी दिए। 
प्रधानमन्त्रीलाई प्रगतिशील लोकतान्त्रिक पार्टीले बुझायो चार बुँदे ज्ञापन पत्र

काठमाडौं, मंसिर १७ : प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष परिषद र भ्रष्टाचार विरोधी अभियानको टोलीले प्रधानमन्त्री सुशीला कार्की समक्ष ज्ञापन पत्र बुझाएका छन्। 

बुधबार प्रधानमन्त्री कार्यालयमा पुगेर प्रधानमन्त्रीलाई जेनजी आन्दोलनको म्यान्डेट, निर्वाचन प्रक्रिया, भ्रष्टाचार विरुद्द र सुशासन एवं आर्थिक–वित्तिय क्षेत्रसँग सम्बन्धित मागहरू सहित ४ बुँदे ज्ञापन पत्र बुझाएको अध्यक्ष सुदन किरातीले जानकारी दिए। 

Hardik ivf

उनले भ्रष्टाचारसम्बन्धी छानविन गर्न एक उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गरी आयोगको सिफारिसको आधारमा दोषीलाई कारबाही गरी भ्रष्टाचारबाट आर्जित सम्पत्तिलाई राष्ट्रियकरण गर्ने प्रक्रियाको थालनी गर्नको लागि प्रधानमन्त्रीलाई अनुरोध गरेको जानकारी दिए। 

‘भ्रष्टाचारसम्बन्धी छानविन गर्न एक उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गरी आयोगको सिफारिसको आधारमा दोषीलाई कारबाही गरी भ्रष्टाचारबाट आर्जित सम्पत्तिलाई राष्ट्रियकरण गर्ने प्रक्रियाको थालनी गर्नको लागि प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएका छौं,’ उनले भने।

फागुन २१ को निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र धाँधलीरहित रूपमा सम्पन्न गर्नका लागि वातावरण निर्माण गर्ने, वैदेशिक रोजगार, शिक्षा लगायत अन्य कारणले विदेशमा रहेका नेपाली नागरिकले विदेशबाटै मतदान गर्न पाउने अधिकार सुनिश्चित गर्ने लगायत माग आफूहरुले राखेको उनले बताए। 

प्रकाशित मिति: १८:१५ बजे, बुधबार, मंसिर १७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्