Kathmandu Press

प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा 

अख्तियारले उनीहरुमाथि १३ करोड ५७ लाख ४६ हजार २ सय १३ रुपैयाँ बिगो कायम गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको हो।
प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा 

काठमाडौं, मंसिर १७ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागरिक उड्डययन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।  

अख्तियारले उनीहरुमाथि १३ करोड ५७ लाख ४६ हजार २ सय १३ रुपैयाँ बिगो कायम गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको हो। यी प्रतिबादीविरुद्ध भक्तपुरको नलिनचोकस्थित हेलिप्याड निर्माणमा भ्रष्टाचार गरेको आरोप छ। 

Hardik ivf

अधिकारी र पूर्वनिर्देशक मुरारी भण्डारीलाई पक्राउ गरी अभियोगपत्रसँगै अदालतमा हाजिर गराइएको छ। अन्य ५ जनालाई भने फरार जनाइएको छ। 

अधिकारी र भण्डारीसँगै क्यानका कर्मचारीहरू उप–प्रबन्ध निर्देशक सम्वृति श्रेष्ठ, प्रबन्धक नलविक्रम थापा, इन्जिनियर गुरुदत्त अधिकारी र अभियन्त्र कन्सलटिङ प्रालि र त्यसका सञ्चालक विजय थापालाई प्रतिवादी कायम गरिएको छ।  

अख्तियारको तारेख बुझ्न बुधबार अख्तियार पुगेका अधिकारी र भण्डारीलाई पक्राउ गरेर अभियोग पत्रका साथ विशेष अदालतमा लगिएको हो।  

प्रकाशित मिति: १६:०१ बजे, बुधबार, मंसिर १७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्