Kathmandu Press

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ

उनीहरुविरुद्ध भ्रष्टाचारमा छानविनको लागि दर्ता भएको उजुरीका आधारमा अख्तियारले नियन्त्रणमा लिएको हो। 
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी।

काठमाडौं, मंसिर १७ : भ्रष्टाचारको आरोपमा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी र पूर्वनिर्देशक मुरारी भण्डारी पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुलाई बुधबार पक्राउ गरेको हो। 

उनीहरुविरुद्ध भ्रष्टाचारमा छानविनको लागि दर्ता भएको उजुरीका आधारमा अख्तियारले नियन्त्रणमा लिएको हो। 

बुधबार अख्तियारको तारेखमा पुगेका बेला दुवै जनालाई अख्तियारले नियन्त्रणमा लिएको थियो। अख्तियारले भक्तपुरको नलिनचोकस्थित हेलिप्याड निर्माणमा अनियमितता भएको ठहर गर्दै उनीहरुलाई पक्राउ गरेको हो। 

उनीहरुलाई थुनामा राखेर अनुसन्धान गर्न मागसहित थुनाम्यादका लागि विशेष अदालत लगिएको छ ।

प्रकाशित मिति: १४:३० बजे, बुधबार, मंसिर १७, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्