Kathmandu Press

चलचित्र विकास बोर्डका अध्यक्षका लागि १० उम्मेदवार

काठमाडौं, जेठ ६ : नेपाल चलचित्र विकास बोर्डको अध्यक्षका लागि १० जना उम्मेदवार छनोट भएका छन्।

सञ्चार तथा सूचना मन्त्रालयले गठन गरेको सिफारिस ....

चलचित्र विकास बोर्डका अध्यक्षका लागि १० उम्मेदवार

काठमाडौं, जेठ ६ : नेपाल चलचित्र विकास बोर्डको अध्यक्षका लागि १० जना उम्मेदवार छनोट भएका छन्।

सञ्चार तथा सूचना मन्त्रालयले गठन गरेको सिफारिस समितिले १० जनाको नाम सूचिकृत गरेको हो। जसमा अर्जुनकुमार डंगोल, दयाराम दाहाल, दीपक श्रेष्ठ, ध्यानबहादुर सुब्बा, परशुराम चौधरी, भवती कुमारी मैनाली, भुवन केसी, राजेन्द्रकुमार उप्रेती, राजेश थापा र सोहित मानन्धर रहेका छन्।

यिनै १० जनाबाट सञ्चार मन्त्रालयले अध्यक्ष मनोनित गर्नेछ। त्यसका लागि आजदेखि अन्तर्वाता सुरु भएको छ।

अन्तर्वार्तासँगै उनीहरुले व्यावसायिक कार्ययोजना पनि प्रस्तुत गर्नुपर्नेछ।

प्रकाशित मिति: १२:०५ बजे, मंगलबार, जेठ ६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्