Kathmandu Press

मधेका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

उनले सर्वोच्च अदालतले २४ घण्टाभीत्र विश्वासको मत लिन भने पनि आफूले पत्र ढिलो प्राप्त गरेको र पत्र प्राप्त हुने वित्तिकै विश्वासको मत लिनुभन्दा पहिला प्रदेश सभामा जानकारी गराउनुपर्ने, पत्र दर्ता गर्नुपर्ने लगायतका कागजी कामहरु गरेकोले केही ढिलो हुन गएको बताए। 
मधेका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

जनकपुर, मंसिर १७ : मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले बुधबार विश्वासको मत लिँदै छन्।

मुख्यमन्त्री यादवले आज दिउँसो मधेश प्रदेश सभामा विश्वासको मत लिन लागेका हुन्।

उनले सर्वोच्च अदालतले २४ घण्टाभीत्र विश्वासको मत लिन भने पनि आफूले पत्र ढिलो प्राप्त गरेको र पत्र प्राप्त हुने वित्तिकै विश्वासको मत लिनुभन्दा पहिला प्रदेश सभामा जानकारी गराउनुपर्ने, पत्र दर्ता गर्नुपर्ने लगायतका कागजी कामहरु गरेकोले केही ढिलो हुन गएको बताए। 

उनले पत्र प्राप्त भएको समयदेखि २४ घण्टा भित्र विश्वासको मत लिनुपर्ने बताए। सोही अनुसार उनले आज  विश्वासको मत लिने जानकारी दिए।

प्रकाशित मिति: १०:१० बजे, बुधबार, मंसिर १७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्