Kathmandu Press

पूर्वसचिव कार्कीलाई थुनामुक्त गर्न सर्वोच्चले गर्यो अस्विकार 

सर्वोच्चका न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र श्रीकान्त पौडेलको संयुक्त इजलासले रिट निवेदन खारेज गरिदिएको छ।
पूर्वसचिव कार्कीलाई थुनामुक्त गर्न सर्वोच्चले गर्यो अस्विकार 

काठमाडौं, मंसिर १६ : नेपाल ट्रस्टको जग्गाभाडा प्रकरणमा पक्राउ गरी थुनामा राखिएका पूर्वसचिव अर्जुनकुमार कार्कीलाई थुनामुक्तको आदेश दिन सर्वोच्च अदालतले अस्वीकार गरेको छ।  

कार्कीलाई थुनामुक्तीको माग गर्दै परिवारकातर्फबाट बन्दी प्रत्यक्षीकरण रिट निवेदन दर्ता भएको थियो। सर्वोच्चका न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र श्रीकान्त पौडेलको संयुक्त इजलासले रिट निवेदन खारेज गरिदिएको छ।

रिट खारेजीपछि कार्कीलाई थुनामै राखेर अनुसन्धान गर्न सरकारलाई बाटो खुला भएको छ। नेपाल ट्रस्टको दरबारमार्गस्थित जग्गा थाम्सेर्कु कम्पनीलाई भाडामा लगाउँदा किर्ते र अनियमितता भएको निश्कर्षसहित सिआईबीले कार्कीलाई पक्राउ गरेको थियो। 

कार्की हाल अनुसन्धानका लागि सिआइबीको हिरासतमा छन्।  

प्रकाशित मिति: १८:३९ बजे, मंगलबार, मंसिर १६, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्