Kathmandu Press

सरकारले दुर्गा प्रसाईंलाई वार्तामा बोलायो 

प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले प्रसाईंलाई २२ गते वार्तामा आउनका लागि पत्र लेखेर आग्रह गरेको हो। पत्रमा प्रधानमन्त्री कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठको हस्ताक्षर छ। 
सरकारले दुर्गा प्रसाईंलाई वार्तामा बोलायो 

काठमाडौं, मंसिर १६ : सरकारले दुर्गा प्रसाईंलाई वार्तामा आउन पत्रमार्फत औपचारिक आग्रह गरेको छ।

प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले प्रसाईंलाई २२ गते वार्तामा आउनका लागि पत्र लेखेर आग्रह गरेको हो। पत्रमा प्रधानमन्त्री कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठको हस्ताक्षर छ। 

प्रसाईं हाल भारतको नयाँ दिल्लीमा रहेको बताइएको छ । प्रसाईंले गत मंसिर १२ गते गृहमन्त्री ओमप्रकाश अर्यालसँग सिंहदरबारमा छलफल गरेका थिए। 

प्रसाईंले गृहमन्त्रीसँगको छलफलमा अहिलेको व्यवस्था खारेज हुनुपर्ने लगायतका २७ बुँदे माग बुझाएका थिए।
 
प्रकाशित मिति: १८:३६ बजे, मंगलबार, मंसिर १६, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्