उम्मेदवारको नाम सिफारिस गर्न कांग्रेसको सर्कुलर
कांग्रेस केन्द्रीय कार्यसमितिको सोमबारको बैठकले पार्टी विधानको व्यवस्थाबमोजिम मातहतका निकायलाई उम्मेदवारको नाम सिफारिस गर्न निर्देश गर्ने निर्णय गरेको थियो।
काठमाडौं, मंसिर १६ : नेपाली कांग्रेसले प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गर्न मातहतका समितिमा परिपत्र गरेको छ।
प्रदेश कार्यसमिति, जिल्ला कार्यसमिति, प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति, प्रदेश सभा क्षेत्रीय कार्यसमितिहरूलाई परिपत्र गर्दै उम्मेदवारको नाम सिफारिस गर्न भनिएको हो।
कांग्रेस केन्द्रीय कार्यसमितिको सोमबारको बैठकले पार्टी विधानको व्यवस्थाबमोजिम मातहतका निकायलाई उम्मेदवारको नाम सिफारिस गर्न निर्देश गर्ने निर्णय गरेको थियो। उक्त निर्णय अनुसार मुख्य सचिव कृष्णप्रसाद पौडेलले प्रतिनिधिसभा लागि प्रत्यक्ष र समानुपातिकतर्फ तथा राष्ट्रियसभा सदस्यका लागि मातहतमा परिपत्र गरेका हुन्।
विधानतः नाम सिफारिस गर्ने बैठकमा सहमति भए सहमतिबाट र सहमति हुन नसके बहुमतबाट निर्णय गर्नु पर्ने उल्लेख छ। परिपत्र अनुसार एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा प्रक्रिया पु¥याएर बैठक बसी आफ्नो रायसमेत उल्लेख गरेर जिल्ला कार्यसमितिले २५ मंसिरभित्र उम्मेदवारको नाम प्रदेश कार्यसमितिमा पठाउनु पर्ने छ। प्रदेश कार्यसमितिलाई प्राप्त नाममा आफ्नो रायसमेत उल्लेख गरी मंसिर मसान्तभित्र केन्द्रमा पठाउन परिपत्रमार्फत् निर्देशन दिइएको छ।
प्रदेश कार्यसमितिलाई आगामी ११ माघमा सम्पन्न हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिश गर्न भनिएको छ।
विधानको व्यवस्थाअनुसार आफ्नो प्रदेशबाट राष्ट्रियसभामा निर्वाचित हुने प्रत्येक सिटका लागि ३÷३ जनाका दरले योग्यता पुगेका सम्भावित नामको सूची मंसिर मसान्तभित्र केन्द्रीय कार्यालयमा पठाउन पत्रमा प्रदेश कार्यसमितिलाई भनिएको छ।












-(7)-1765197040.jpg)