Kathmandu Press

मार्तडीमा भीषण आगलागी, करोडौंको क्षति

बिजुलीको तार सर्ट हुँदा आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ। आगलागीबाट करोडौं रूपैयाँको क्षति भएको प्रहरीको अनुमान छ । क्षतिको एकिन विवरण भने प्रहरीले संकलन गरिरहेको छ।
मार्तडीमा भीषण आगलागी, करोडौंको क्षति

बाजुरा, मंसिर १६ : बाजुराको सदरमुकाम मार्तडीमा भीषण आगलागी भएको छ। बडीमालिका नगरपालिका–८ का स्थानीय प्रकाश थापाको कम्पेलेक्स डिपार्टमेन्टल स्टोरमा मंगलबार दिउँसो करिब सवा १२ बजेतिर आगलागी भएको हो।

बिजुलीको तार सर्ट हुँदा आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ। आगलागीबाट करोडौं रूपैयाँको क्षति भएको प्रहरीको अनुमान छ । क्षतिको एकिन विवरण भने प्रहरीले संकलन गरिरहेको छ।

बडीमालिका नगरपालिका–८ नयाँ बसपार्क जाने बाटो जिउलामा सञ्चालनमा रहेको फर्निचर उद्योगमा आगलागी भएको हो।

Photo-(14)-(3)-1764668863.jpeg

Photo-(13)-(7)-1764668863.jpeg

आगलागीबाट ग्यारेज सहितकासम्पूर्ण  सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक तथा सूचना अधिकारी लक्ष्मीराज जोशीले जानकारी दिए।

उनका अनुसार सुरक्षाकर्मी,स्थानीय लगायत पत्रकारको सक्रियतामा आगो नियन्त्रण आएको बताएका छन्। क्षति संकलन गर्ने काम भइरहेको जोशीले जानकारी दिए।

Photo-(7)-(8)-1764668861.jpeg

प्रकाशित मिति: १५:३३ बजे, मंगलबार, मंसिर १६, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्