चलचित्र विधेयकका सन्दर्भमा सरकार स्पष्ट छ : मन्त्री खरेल
मन्त्री खरेलले चलचित्र सम्बन्धी विधेयकमा छलफल अझै पूर्ण नभएको जस्तो लागेपनि समिति र सांसदहरुलाई अनुरोध गरेर आजको यो छलफल तय भएको भन्दै छलफल चलचित्र क्षेत्रका सरोकारवालाहरुकै लागि भनेर भएको बताए।-1764668516.jpg)
काठमाडौं, मंसिर १६ : सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले चलचित्र विधेयकको सन्दर्भमा सरकार स्पष्ट रहेको बताएका छन्।
मंगलबार विधायन व्यवस्थापन समितिमा भएको चलचित्र विधेयक, २०८१ मा सरोकारवालासँगको छलफलमा उनले यो विधेयकको सन्दर्भमा सरकार स्पष्ट रहेको भन्दै सोही कारण विधेयक अगाडि बढाउने कुराहरुमा सहमत हुँदै सरकार सैद्धान्तिक छलफलमा सहभागी भएको बताए।
‘सरकार विधेयकको सन्दर्भमा अलमलमा छैन, सरकार स्पष्ट छ । त्यही भएर नै यो विधेयक अगाडि बढाउने कुराहरुमा सहमत हुँदै सैद्धान्तिक छलफलमा सहभागी भएका हौं र दफावार छलफलको लागि पनि अगाडि बढ्ने कुराहरुमा सरकारले हुदैँन् भनेको छैन। प्रक्रिया अगाडि बढ्नु भनेको अलमलमा हुनु होइन,’ उनले भने।
मन्त्री खरेलले चलचित्र सम्बन्धी विधेयकमा छलफल अझै पूर्ण नभएको जस्तो लागेपनि समिति र सांसदहरुलाई अनुरोध गरेर आजको यो छलफल तय भएको भन्दै छलफल चलचित्र क्षेत्रका सरोकारवालाहरुकै लागि भनेर भएको बताए।
‘जेनजी आन्दोलनको जगमा सरकार बनेको छ। म सञ्चारमन्त्री भएको दुई महिना मात्र भएको छ । चलचित्र सम्बन्धी विधेयक छलफलको क्रममा छ। मेरो आफ्नै अनुरोधमा समिति र सांसदहरुलाई अनुरोध गरेर आजको यो छलफल भएको हो,’ उनले भने, ‘आजको यो छलफल चलचित्र क्षेत्रका सरोकारवालाहरुकै लागि भनेर तय भएको हो।’
चलचित्र सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक भन्ने वित्तिकै यसमा व्यापक परिमार्जन गर्न सक्ने भन्दै यो कुरामा सबै स्पष्ट हुनुपर्ने पनि उनको भनाई छ।












-(7)-1765197040.jpg)