Kathmandu Press

शेखर र ममध्ये एकजना सभापतिमा लड्छौं : शशांक 

‘सभापतिका लागि लड्ने भनेको थिएँ। शेखर दाइ हुनुहुन्छ। उहाँ पनि इच्छुक हुनुहुन्छ, कुरा भइरहेको छ। हामी दुई जनामध्ये एक जना लड्छौँ,’ पत्रकारसँग उनले भने।
शेखर र ममध्ये एकजना सभापतिमा लड्छौं : शशांक 

काठमाडौं, मंसिर १६ : नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा.शशांक कोइरालाले सबैसँग सल्लाह गरेर सभापतिमा उठ्ने विषयमा निर्णयमा पुग्ने बताएका छन्।

मंगलबार चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै कोइरालाले यस्तो भनाई राखेका हुन्। नेता डा.शेखर कोइराला र आफुमध्ये एकजना सल्लाह गरेर सभापतिमा लड्ने उनको भनाई छ। 

‘सभापतिका लागि लड्ने भनेको थिएँ। शेखर दाइ हुनुहुन्छ। उहाँ पनि इच्छुक हुनुहुन्छ, कुरा भइरहेको छ। हामी दुई जनामध्ये एक जना लड्छौँ,’ पत्रकारसँग उनले भने।

नेता कोइरालाले महाधिवेशन तयारीका लागि समय कम रहेको पनि बताए। उनले महाधिवेशनका लागि कम्तीमा तीन महिना समय आवश्यक पर्ने समेत बताए। ‘समय कम भयो । महाधिवेशन पुसमा सम्भव भएन भने निर्वाचनपछि हुन्छ,’ उनले भने।

पार्टीले पुसमा महाधिवेशन गर्ने निर्णय गरेको भए पनि हुने या नहुने भन्नेमा टुङ्गो नभएको कोइरालाले बताए । सबै महाधिवेशनको तयारीमा जुट्नुपर्ने भनाई नेता कोइरालाको थियो । जेनजी पुस्तालाई पनि समेटेर लैजानुपर्ने भनाई उनको थियो। 

नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ गतेसम्म काठमाडौंमा १५ औं महाधिवेशन गर्ने निर्णय गरेको छ। 
 

प्रकाशित मिति: १५:१३ बजे, मंगलबार, मंसिर १६, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्