Kathmandu Press

समानुपातिक निर्वाचन प्रणालीको कार्यक्रम मंसिर २० बाटै सञ्चालन 

निर्वाचन आयोगले आइतबारदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचन अधिकृतको कार्यालय आयोगको केन्द्रीय कार्यालय कान्तिपथस्थित स्थापना गरिसकेको छ।
समानुपातिक निर्वाचन प्रणालीको कार्यक्रम मंसिर २० बाटै सञ्चालन 

काठमाडौं, मंसिर १६ : प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम मंसिर २० गतेदेखि सञ्चालन हुने भएको छ।

निर्वाचन आयोगले आइतबारदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचन अधिकृतको कार्यालय आयोगको केन्द्रीय कार्यालय कान्तिपथस्थित स्थापना गरिसकेको छ। मंसिर २१ गते बिहान १० बजे २३ गते अपराह्न ४ बजेसम्म समानुपातिक प्रणालीमा भाग लिन चाहने राजनीतिक दलले निवेदन पेस गर्नेछन्। 

आयोगले मंसिर २४ गते बिहान १० देखि अपराह्न ४ बजेसम्म निवेदन पेस गर्ने राजनीतिक दलको नामावली प्रकाशन गर्ने छ। 

त्यसपछि आगामी पुस १३ र १४ गते उम्मेदवारको बन्दसूची पेस गर्ने र माघ २० गते उम्मेद्वारहरूको बन्द सूची अन्तिम प्रकाशन हुने कार्यक्रम छ। 

आयोगले समानुपातिकतर्फको निर्वाचन अधिकृतका रूपमा आयोगका सचिव माहादेव पन्थ र सहायक निर्वाचन अधिकृतका रूपमा सहसचिव यज्ञप्रसाद भट्टराईलाई जिम्मेवारी तोकिसकेको छ । समानुपातिक अन्तर्गत जातीय, भौगोलिक, लैंगिकलगायतका समूह छुट्याएर प्रतिनिधि चयन गर्ने जिम्मेवारी आयोगको छ। 

प्रतिनिधिसभाका २७५ सदस्यको प्रत्यक्ष र समानुपातिक गरी दुई प्रणालीबाट निर्वाचन हुनेछ। प्रतिनिधि सभामा १६५ सदस्यको प्रत्यक्ष र बाँकी ११० सदस्यको चयन एक समानुपातिक प्रतिनिधित्वमार्फत गरिन्छ। 

पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) प्रणालीतर्फ आगामी माघ ६ गते सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी मनोनयनको कार्यक्रम तय भएको छ।

प्रकाशित मिति: १३:५२ बजे, मंगलबार, मंसिर १६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्