Kathmandu Press

प्रदेश सभाको बैठक तत्काल बोलाउन मधेशका विपक्षी दलहरूको माग

विपक्षी दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल सहितका दलहरूले  प्रदेश सभाको बैठक दिउँसो ४ बजे बोलाउन उपसभामुख बबिता राउतलाई मौखिक आग्रह गरेका छन्।
प्रदेश सभाको बैठक तत्काल बोलाउन मधेशका विपक्षी दलहरूको माग
फाइल तस्बिर।

धनुषा, मंसिर १६ : मधेश प्रदेशका विपक्षी दलहरुले प्रदेशसभा बैठक तत्काल बोलाउन माग गरेका छन्। 

मुख्यमन्त्री सरोजुकमार यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्च अदालतले परमादेश दिएलगत्तै मधेशका विपक्षी दलहरुले प्रदेशसभा बैठक बोलाउन माग गरेका हुन्।

विपक्षी दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल सहितका दलहरूले  प्रदेश सभाको बैठक दिउँसो ४ बजे बोलाउन उपसभामुख बबिता राउतलाई मौखिक आग्रह गरेका छन्।

सर्वोच्चले मुख्यमन्त्री यादवले विश्वासको मत नलिए वा विश्वासको मत प्राप्त गर्न नसके संविधानको धारा १६८ को २ बमोजिम नयाँ सरकार गठनको प्रक्रिया थाल्न बनेको छ। 

प्रकाशित मिति: १२:५२ बजे, मंगलबार, मंसिर १६, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्