Kathmandu Press

ठूला पूर्वाधारका कामहरु पहिलाभन्दा तिव्र गतिमा अगाडि बढेका छन् : अर्थमन्त्री

उनले राष्ट्रिय प्राथमिकताका, उच्च महत्वका निजी क्षेत्रको लगानीलाई सहयोग पु¥याउन सक्ने ठूला पूर्वाधारमा थप रकम प्रवाह गरेर भन्दा पहिलाभन्दा तिव्र गतिमा कामहरु भइरहेको बताए।
ठूला पूर्वाधारका कामहरु पहिलाभन्दा तिव्र गतिमा अगाडि बढेका छन् : अर्थमन्त्री

काठमाडौं, मंसिर १५ : अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको लगानीलाई सहयोग पु¥याउन सक्ने ठूला पूर्वाधारका कामहरु पहिलाभन्दा तिव्र गतिमा अगाडि बढिरहेको बताएका छन्। 

सोमबार आर्थिक पत्रकार समाजको २९ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा उनले राष्ट्रिय प्राथमिकताका, उच्च महत्वका निजी क्षेत्रको लगानीलाई सहयोग पु¥याउन सक्ने ठूला पूर्वाधारमा थप रकम प्रवाह गरेर भन्दा पहिलाभन्दा तिव्र गतिमा कामहरु भइरहेको बताए।

Hardik ivf

‘राष्ट्रिय प्राथमिकताका, उच्च महत्वका निजी क्षेत्रको लगानीलाई सहयोग पु¥याउन सक्ने ठूला पूर्वाधारमा अहिले थप रकम प्रवाह गरेर काम सम्पन्न गराउनको लागि बाटो खुलेको छ,’ उनले भने, ‘कतिपय राजमार्गहरुमा काम धेरै नै ढिला तरिकाले अगाडि बढेको थियो। अहिले ती राजमार्गहरुमा पहिलाभन्दा तिव्र गतिमा काम भएको छ।’

उनले नेपालको अर्थतन्त्रको सही चित्र आमनागरिक समक्ष प्रस्तुत गर्नको लागि, कतिपय कुरामा सही सूचना प्रवाह गरेर अर्थतन्त्रलाई सहि दिशामा डोराउनको लागि सेजनले महत्वपूर्ण भूमिका खेलेको भन्दै सेजनलाई धन्यवाद दिए।

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको निजी क्षेत्र विश्वास अभिवृद्धि गर्ने, लगानीको सुरक्षा गर्ने, लगानीको वातावरणमा सुधार गरि सरकारी नीतिगत र कार्यपद्धती दुवैमा सुधार गर्न वर्तमान सरकार प्रतिबद्ध मात्र होइन कार्यहरु पनि अगाडि बढाएको बताए।

वर्तमान सरकारको प्रमुख प्राथमिकता भनेको तोकिएको समयमा शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने नै रहेको पनि उनको भनाई छ। 

प्रकाशित मिति: २०:०२ बजे, सोमबार, मंसिर १५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्