Kathmandu Press

महाधिवेशनको तालिकामा सहमति जनाउन असन्तुष्ट नेताहरुलाई सभापति देउवाको निर्देशन

सभापति देउवाले निवासमा बोलाएर पार्टी केन्द्रीय समितिमा आउने महाधिवेशनको प्रस्तावमा सहमती जनाउन आग्रह गरेका हुन्।
महाधिवेशनको तालिकामा सहमति जनाउन असन्तुष्ट नेताहरुलाई सभापति देउवाको निर्देशन

काठमाडौं, मंसिर १५ : नेपाली कांग्रेसले १५औं महाधिवेशनको तालिका ल्याउने तयारी गरिरहेका बेला पार्टी सभापति शेरबहादुर देउवाले असन्तुष्ट नेताहरूलाई सहमति जनाउन निर्देशन दिएका छन्। 

सभापति देउवाले निवासमा बोलाएर पार्टी केन्द्रीय समितिमा आउने महाधिवेशनको प्रस्तावमा सहमती जनाउन आग्रह गरेका हुन्।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने केन्द्रीय समिति बैठकमा कार्यबहाक सभापति पुर्णबहादुर खड्काले आगामी पुस २६ गतेका लागि १५ औं महाधिवेशनको तालिका पेस गर्दैछन्। 

यसअघि सभापति देउवासहित बसेको पदाधिकारी तथा केही पूर्वपदाधिकारी र नेतासहितको छलफलले पुस अन्तिम साता महाधिवेशनको तालिका ल्याउने सहमति गरेको थियो। 

उक्त सहमततिमा कांग्रेस नेताहरू विमलेन्द्र निधि, कृष्ण सिटौलालगायतले असन्तुष्टी व्यक्त गरेका थिए। आगामी फागुन २१ को प्रतिनिधि सभा निर्वाचनअघि पार्टी महाधिवेशन गर्न नहुने भनाई निधि, सिटौलालगायतको छ। 

देउवाले कार्यवाहक सभापति खड्काले ल्याएको प्रस्तावमा सहमति गर्न असन्तुष्ट नेताहरुलाई सुझाएका छन्। कांग्रेस केन्द्रीय समितिको बैठक गत असोज २८ गतेदेखि जारी छ । महाधिवेशन चुनावअघि कि पछि भन्ने विवाद नसुल्झिएपछि विवाद मिलाउन सभापति देउवा आफैँ सक्रिय भएका हुन्।   

 

प्रकाशित मिति: १५:०५ बजे, सोमबार, मंसिर १५, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्