Kathmandu Press

काबा प्रमुख आयुक्त भण्डारीले कर्मचारीलाई निर्देशन दिँदै भने– निर्वाचन सम्पन्न गर्न कम्मर कसेर लाग्नुस्

भण्डारीले निर्वाचन सम्पन्न गर्ने सन्दर्भमा कुनैपनि झन्झट नमानि विज्ञहरूको सुझाव लिएर अघि बढ्न कर्मचारीलाई आग्रह पनि गरे। 
काबा प्रमुख आयुक्त भण्डारीले कर्मचारीलाई निर्देशन दिँदै भने– निर्वाचन सम्पन्न गर्न कम्मर कसेर लाग्नुस्

काठमाडौं, मंसिर १५ : निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी प्रतिनिधि सभा सदस्यको निर्वाचन सम्पन्न गराउन कम्मर कसेर लाग्न कर्मचारीलाई निर्देशन दिएका छन्।

सोमबार निर्वाचन आयोगमा समानुपातिक निर्वाचन प्रणालीका लागि अधिकृतको कार्यालय स्थापना कार्यक्रममा भण्डारीले कर्मचारीहरूलाई यस्तो निर्देशन दिएका हुन्। भण्डारीले निर्वाचन सम्पन्न गर्ने सन्दर्भमा कुनैपनि झन्झट नमानि विज्ञहरूको सुझाव लिएर अघि बढ्न कर्मचारीलाई आग्रह पनि गरे। 

निर्वाचन सम्पन्न गर्ने बिषयमा झन्झिटिलो नमान्न पनि कार्यबहाक प्रमुख आयुक्त भण्डारीले कर्मचारीलाई सुझाए। 

Hardik ivf

‘समानुपातिक प्रणाली सूत्र र फर्मुलामा हुने निर्वाचन भएकाले सूत्रलाई पहिला नै मनन् गरिदिनुभयो र विज्ञहरुबाट सल्लाह र सुझाव लिएर कार्यक्रम सञ्चालन गर्नुभयो भने कठिन छैन । कम्मर कसेर निर्वाचन सम्पन्न गर्नूस्,’ भण्डारीले भने। 

सरकारले आगामी फागुन २१ गतेका लागि प्रतिनिधि सभा सदस्यको निर्वाचन तय गरेको छ। 

उनले समानुपातिक निर्वाचन प्रणाली केही जटिल भए पनि विगतमा काम गरेका व्यक्तिहरुबाट सुझाव लिएर काम गर्नसके कठिन नहुने पनि बताए।

उनले भने, ‘विभिन्न वर्ग, समुदाय, क्षेत्रलाई समेटेर प्रतिनिधि सभामा प्रतिनिधित्व गराउने हाम्रो संवैधानिक व्यवस्थालाई टड्कारो रुपमा अंगीकार गरेर निर्वाचन आयोगले निर्वाचन सम्पन्न गर्दछ । यो निर्वाचन सम्पन्न गर्ने सन्दर्भमा साथीहरुले काम गर्ने सन्दर्भमा अलि झन्झटिलो पनि मान्नुहोला । तर यो सूत्र र फर्मुलामा हुने निर्वाचन भएकाले सूत्रलाई पहिला नै मनन गरिदिनुभयो र ती व्यक्तिहरुबाट सल्लाह सुझाव लिएर कार्यक्रम सञ्चालन गर्नुभयो भने कठिन छैन । कम्मर कसेर निर्वाचन सम्पन्न गर्नुस् ।’


सरकारले आगामी फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति तोकेको छ ।


 

प्रकाशित मिति: १३:४३ बजे, सोमबार, मंसिर १५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्