Kathmandu Press

एमालेमा इश्वर पोखरेल समूहले तत्काल प्यानल घोषणा नगर्ने 

यतिबेला एमालेमा अनेक विवाद र लफडाका सवच महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया तिब्र रुपमा अघि बढेको छ। महाधिवेशनका लागि विद्या भण्डारी र ईश्वर पोखरेल एउटै प्यानलमा रहेका छन्। 
एमालेमा इश्वर पोखरेल समूहले तत्काल प्यानल घोषणा नगर्ने 

काठमाडौं, मंसिर १५ : एमाले महाधिवेशनमा अध्यक्षको उम्मेदवारी दिने घोषणा गरेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले असन्तुष्टहरुलाई तान्ने रणनीति अनुरुप तत्कालका लागि प्यानल घोषणा गर्ने भएका छन्। 

यतिबेला एमालेमा अनेक विवाद र लफडाका सवच महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया तिब्र रुपमा अघि बढेको छ। महाधिवेशनका लागि विद्या भण्डारी र ईश्वर पोखरेल एउटै प्यानलमा रहेका छन्। 

Hardik ivf

उनीहरुले तत्काल पदाधिकारी समूह निर्माण नगर्ने बताइएको छ । अध्यक्षका अर्का उम्मेदबार केपी ओलीको समूहमा खुल्ने नेताहरूको बिषयमा पोखरेल समूहले प्रतिक्षा गरिरहेको बताइएको छ। 

ओलीको समूह गठन भएपछि मात्रै विद्या–ईश्वर समूहले उम्मेदवार बनाउने तयारी गरिरहेको बताइएको छ । एमालेमा नवीकरण भइसकेको सदस्यता रोकिएपछि पूर्वराष्ट्रपति भण्डारी ओलीसँग चिढिएकी छन्। 

भण्डारीको सदस्यताको टुंगो नभएको अवस्थामा इश्वर पोखरेललाई अध्यक्षका लागि अगाडि सारिएको हो । आगामी मंसिर २७–२९ सम्म काठमाडौँमा एमाले महाधिवेशन हुँदैछ । विद्या–ईश्वर समूहले ओली खेमाका उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र सचिव रघुवीर महासेठलाई तान्ने गृहकार्यमा देखिएको बताइन्छ। 


 

प्रकाशित मिति: १३:४० बजे, सोमबार, मंसिर १५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्