नयाँ इतिहास लेख्न अब युवाहरु उठ्नुपर्छ : अध्यक्ष यादव
अध्यक्ष यादवले अब मधेशका युवाहरुलाई पनि उठेर नयाँ इतिहास रच्न आह्वान गरे। उनले शिक्षा र रोजगार होम्रो अधिकार भन्ने नारालाई अवलम्बन गर्दै युवाहरुलाई संगठित हुन आग्रह गरे।-(62)-1764513588.jpg)
धनुषा, मंसिर १४ : जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले देशको नयाँ इतिहास लेख्न युवाहरुलाई आह्वान गरेका छन्।
समाजवादी यूवा संघ, नेपालद्वारा आइतबार जनकपुरधाममा आयोजित युवा नेतृत्व र सशक्तिकरण सम्मेलनमा सम्बोधन गर्दै अध्यक्ष यादवले नेपालको नयाँ इतिहास लेख्न यवाहरु उठ्नुपर्नेमा जोड दिए। उनले विभिन्न देशहरुको उदाहरण दिँदै युवाहरुकै कारणले परिवर्तन आउने गरेको इतिहासबारे चर्चा गरे।
अध्यक्ष यादवले अब मधेशका युवाहरुलाई पनि उठेर नयाँ इतिहास रच्न आह्वान गरे। उनले शिक्षा र रोजगार होम्रो अधिकार भन्ने नारालाई अवलम्बन गर्दै युवाहरुलाई संगठित हुन आग्रह गरे।
युवाहरुलाई अब हुने चुनावमा सहभागी हुन आग्रह गरे। उनले चुनावमा सहभागी भएर आफ्नो मतको प्रयोग गरी भ्रष्टाचार र भ्रष्टाचारीलाई जडैदेखि उखालेर फ्यालेर देखाउन उनले आग्रह गरे।
अध्यक्ष यादवले कम्युनिष्ट र कंग्रेसले ३५ वर्षदेखि देशमा कुनै विकास नगरेको आरोप समेत लगाए। उनले कंग्रेस र कम्युनिष्टकै रवैयाहसंग आजित भएर नेपालमा जेनजी आन्दोलन निम्त्याएको धारणा राखे।
त्यस्तै उनले भ्रष्टाचार रोक्न निर्वाचन प्रणालीलाई व्यवस्थित गर्न आवश्यक रहेको सुझाव दिए। उनले चुनावमा जति खर्च कम हुन्छ त्यतिनै भ्रष्टाचार कम हुने धारणा राखे। उनले कर्मचारीहरुको तलव पनि न्यून रहेकोले त्यसमा राज्यले विचार गर्नुपर्ने बताए।



-(7)-1765197040.jpg)





-(7)-1765197040.jpg)

-1765195794.jpg)
-1765195343.jpg)