Kathmandu Press

पुस २७ बाट कांग्रेस महाधिवेशन शुरु गर्नेगरी कार्यतालिका ल्याउने तयारी

आइतबार कार्यबाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य रमेश लेखक र प्रचार विभाग प्रमुख मीन विश्वकर्माविच भएको छलफलपछि यस्तो प्रश्ताव लैजाने सहमति जुटेको बताइएको छ। 
पुस २७ बाट कांग्रेस महाधिवेशन शुरु गर्नेगरी कार्यतालिका ल्याउने तयारी

काठमाडौं, मंसिर १४ : नेपाली कांग्रेसको पन्ध्रौं महाधिवेशन पुस २७ गतेदेखि शुरु गर्नेगरी केन्द्रीय समितिमा प्रस्ताव लैजाने तयारी भएको छ।

आइतबार कार्यबाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य रमेश लेखक र प्रचार विभाग प्रमुख मीन विश्वकर्माविच भएको छलफलपछि यस्तो प्रश्ताव लैजाने सहमति जुटेको बताइएको छ। 

पुसको २७ देखि २९ गतेसम्म महाधिवेशनको कार्यतालिका ल्याउने तयारी भएको बताइएको छ। कार्यबाहक सभापति खड्काले उक्त प्रस्ताव केन्द्रीय समितिमा लैजाने तयारी गरेका छन्। 

महाधिवेशन विवादका कारण सहमति जुट्न नसक्दा कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक रोकिँदै आएको छ। बैठक भोलि (सोमबार) बस्दै छ। 

प्रकाशित मिति: २०:११ बजे, आइतबार, मंसिर १४, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्