Kathmandu Press

एमालेमा खुला प्रतिस्पर्धा हुन्छ, उम्मेदवारी घोषणा गर्न कसैले रोक्दैन : ओली

‘महाधिवेशनमा मतदान हुन्छ। कसैले कसैलाई रोक्ने, मतदान हुन नदिने भन्ने कुरा हुँदैन। प्रतिस्पर्धा खुला हुन्छ,’ ओलीले भने।
एमालेमा खुला प्रतिस्पर्धा हुन्छ, उम्मेदवारी घोषणा गर्न कसैले रोक्दैन : ओली

काठमाडौं, मंसिर १४  : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता, गौरव र स्थायीत्वपूर्ण शान्तिका काम गर्नुपर्ने बताएका छन्। 

आइतबार आयोजित पार्टीको ११औं राष्ट्रिय महाधिवेशनसम्बन्धी सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले नेपाल ऐतिहासिक र स्वतन्त्र पहिचानयुक्त राष्ट्र भएकाले यसले आफ्नो राष्ट्रिय गौरव जोगाउँदै अघि बढ्ने विश्वास व्यक्त गरे।

Hardik ivf

‘यो देश एउटा ऐतिहासिक र स्वतन्त्र देश हो। राष्ट्रिय गौरव कायम राखेर देश अगाडि बढ्छ भन्ने आशाका साथ अघि बढ्छौं। देशले शान्ति कायम गर्छ,’ उनले भने।

यसैगरी महाधिवेशनमा हुने निर्वाचन प्रक्रियाबारे बोल्दै अध्यक्ष ओलीले मतदान नहोस् वा सर्वसम्मतिको नाममा प्रतिस्पर्धा रोकियोस् भन्ने आशंका बेकार भएको स्पष्ट बताए।

उनले एमालेमा खुला प्रतिस्पर्धा सुनिश्चित हुने बताए। ‘महाधिवेशनमा मतदान हुन्छ। कसैले कसैलाई रोक्ने, मतदान हुन नदिने भन्ने कुरा हुँदैन। प्रतिस्पर्धा खुला हुन्छ,’ ओलीले भने।

केन्द्रीय कमिटीमा इच्छुक नेताहरूले स्वतन्त्र रूपमा उम्मेदवारी दिन पाउने उल्लेख गर्दै उनले पार्टीका कार्यकर्ता नै सार्वभौम प्रतिनिधि भएकाले रोकथाम वा दबाबका प्रयास सफल नहुने बताए।

‘महाधिवेशनमा मतदान हुन्छ। कसैले मतदान गर्न नदिएर, मतदान नै नभएर यसरी सर्वसहमतिका नाममा कसैलाई अघि आउन नदिएर रोक्ने खालको काम हुन्छ कि भन्ने त्यस्तो खालको कुरा हुँदै होइन,’ उनले भने, ‘रोक्नेतोक्ने कुनै काम हुँदैन। प्रतिस्पर्धा खुला हुन्छ। केन्द्रीय कमिटीमा थुप्रै साथीहरूलाई इच्छा हुनसक्छ, त्यसमा रोक्न सकिन्नँ। सार्वभौम कार्यकर्ताका सार्वभौम प्रतिनिधि हो।’ 
 

प्रकाशित मिति: १८:३३ बजे, आइतबार, मंसिर १४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्