Kathmandu Press

प्रभु बैंकका सीईओ शेरचन पक्राउ 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शेरचनलाई आइतबार दिउँसो बैंकको केन्द्रीय कार्यालय अनामनगरबाट पक्राउ गरेको हो। 
प्रभु बैंकका सीईओ शेरचन पक्राउ 

काठमाडौं, मंसिर १४ : प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन पक्राउ परेका छन्। 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शेरचनलाई आइतबार दिउँसो बैंकको केन्द्रीय कार्यालय अनामनगरबाट पक्राउ गरेको हो। 

उनीविरुद्ध बैंकिङ कसुर आरोपमा उजुरी परेको थियो । बैंकिङ कसुरमा अनुसन्धानका लागि शेरचनलाई पक्राउ गरिएको हो। 

यसअघि प्रभु बैंकका पूर्वअध्यक्ष देवी भट्टचन पनि सोही कसुरमा पक्राउ परेका थिए । भट्टचन हाजिर जमानतमा रिहा भएका छन्।

प्रकाशित मिति: १७:४६ बजे, आइतबार, मंसिर १४, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्