‘हामी बिलाउन होइन, मिलाउन आएका हौं’
वैकल्पिक शक्तिलाई सत्तामा ल्याउन टुटेर होइन, जुटेर लाग्नुपर्ने उनको भनाइ छ। उनले अब आउने निर्वाचनबाट रास्वपलाई बहुमत दिलाउनुपर्ने उनको भनाइ छ।काठमाडौं, मंसिर १४ : विवेकशील साझा पार्टीकी नेतृ रञ्जु दर्शनाले एकअर्कासँग टुटेर नभइ जुटेर काम गर्नुपर्ने बताएकी छन्।
आइतबार रास्वपासँग एकता गरेको विवेकशील साझा पार्टीकी नेतृ दर्शनाले टुटफुटबाट सचेत भएर रास्वपासँग एकता गरिएको बताएकी हुन्।
‘अहिले विवेकशील साझा पार्टी र रास्वपा मिल्दै गर्दा मिल्नको लागि त्यति कठिन पनि होइन रहेछ भन्ने देखिएको छ। धेरै टुटफुट झेलिसक्नुभयो, यहाँ आउँदा भाँडभैलो गर्नुहुन्छ कि भन्ने पनि छ। तर अवस्था त्यस्तो पनि होइन। टुटफुट झेलिसकेको भएर नै हामीले ठूलो पाठ सिक्यौं। टुटेर होइन फुटेर हुन्छ आएका हौं। अबको राजनीति जुटकै राजनीति हुनुपर्छ,’ उनले भनिन्, ‘बिलाउन होइन, मिलाउन गएका हौं । टुटेर होइन, जुटेर काम गर्नुपर्दो रहेछ । अब आउने निर्वाचनबाट यो पार्टीले बहुमत ल्याउनैपर्छ, वैकल्पिक शक्तिले बहुमत ल्याउनैपर्छ।’
वैकल्पिक शक्तिलाई सत्तामा ल्याउन टुटेर होइन, जुटेर लाग्नुपर्ने उनको भनाइ छ। उनले अब आउने निर्वाचनबाट रास्वपलाई बहुमत दिलाउनुपर्ने उनको भनाइ छ।












