Kathmandu Press

महाधिवेशनमा सकेसम्म सहमतीको आधारमा अघि बढ्न ओलीको आग्रह

ओलीले एमालेमा आन्तरिक लोकतन्त्र नै नभएको भन्दै होच्याउने काम भएको पनिबताए । उनले अस्वस्थ प्रतिस्पर्धा नगर्न पनि ओलीले आग्रह गरे। 
महाधिवेशनमा सकेसम्म सहमतीको आधारमा अघि बढ्न ओलीको आग्रह

काठमाडौं, मंसिर १४ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनमा प्रतिस्पर्धा गर्न खुला भएको बताउँदै सकेसम्म सहमतीको आधारमा अघि बढ्न आग्रह गरेका छन्। 

आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा बोल्ने क्रममा ओलीले यस्तो आग्रह गरेका हुन्। उनले सर्वसम्मती गर्नुपर्छ भन्ने नाममा कसैलाई पनि नरोक्ने बताए। 

Hardik ivf

‘महाधवेशनमा प्रतिस्पर्धा खुला हुन्छ। प्रतिस्पर्धा गर्न चाहनेले प्रतिस्पर्धा राम्रोसँग गर्न पाउँछ। त्यसका लागि ठाउँ हुन्छ। तर अध्यक्षका हैसियतले मेरो के आग्रह हुन्छ भने जसले छाड्नुपर्छ सहमतिका साथले नै गरौं। जो बस्नुपर्छ सहमतिका साथ बसौं। सहमितबाटै गरौं,’ ओलीले भने।
 
साथै, ओलीले एमालेमा आन्तरिक लोकतन्त्र नै नभएको भन्दै होच्याउने काम भएको पनिबताए । उनले अस्वस्थ प्रतिस्पर्धा नगर्न पनि ओलीले आग्रह गरे। 

‘मानिसहरु भन्ने गर्छन्, एमालेमा डेमोक्रेसी छैन, चुनाव नै गर्दैन। कसैलाई चुनाव लड्न दिएन भन्दा मेरो आग्रह छ एकताबद्ध भएर जाऔं। एक अर्काप्रति खुइलाउने, होच्याउनेजस्ता काम किन गर्नु, नगरौं,’ उनले भने, ‘सम्मानपूर्वक ढंगले चल्ने कामको स्थापना गरौं । अस्वस्थ खालको कुनै प्रतिस्पर्धा नगरौ।’ 

प्रकाशित मिति: १६:१६ बजे, आइतबार, मंसिर १४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्