Kathmandu Press

गोरखाबाट नारायणगढतर्फ जाँदै गरेको मिनिबस दुर्घटना, २१ जना घाइते

ना ४ ख १४१९ नम्बरको उक्त बस गोरखा नगरपालिका–११ बाह्रकिलोमा दुर्घटनामा परेको हो।
गोरखाबाट नारायणगढतर्फ जाँदै गरेको मिनिबस दुर्घटना, २१ जना घाइते

गोरखा, मंसिर १४ : गोरखाबाट चितवनको नारायणगढतर्फ जाँदै गरेको मिनिबस दुर्घटना हुँदा २१ जना घाइते भएका छन्। 

ना ४ ख १४१९ नम्बरको उक्त बस गोरखा नगरपालिका–११ बाह्रकिलोमा दुर्घटनामा परेको हो। 

Hardik ivf

प्रहरीका अनुसार आइतबार दिउँसो १२ः३० बजे गोरखा सदरमुकामबाट बस छुटेको थियो। अनियन्त्रित भएर सडकबाट ५० मिटर तल खसेर रुखमा ठोक्किएको छ। 

बसमा सबार २१ जना घाइते भए पनि उनीहरुको अवस्थाबारे जानकारी हुन बाँकी छ। दुर्घटनापछि स्थानीय, सशस्त्र प्रहरी र जनपथ प्रहरीको संयुक्त टोलीले घाइतेको उद्वार गरी चितवन रिफर गरेका छन्। 

प्रकाशित मिति: १४:५१ बजे, आइतबार, मंसिर १४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्