Kathmandu Press

एनआरएनएको एकताबाट राजनीतिक दलहरुले सिक्नुपर्छ : प्रधानमन्त्री 

प्रधानमन्त्री कार्कीले एनआरएनएहरुको नेपालीले पाउने नागरिकताबाट त्यो अभाव भएपनि नेपालप्रति आफ्नो सद्भाव कम हुन नदिएको बताइन्।  
एनआरएनएको एकताबाट राजनीतिक दलहरुले सिक्नुपर्छ : प्रधानमन्त्री 

काठमाडौं, मंसिर १४ : प्रधानमन्त्री सुशीला कार्कीले गैरआवासीय नेपाली संघ(एनआरएनए)को एकतापछि यस्तै एकता राजनीतिक दलहरुमा पनि आवश्यक रहेको बताएकी छिन्।  

आइतबार गैरआवासीय नेपाली संघ(एनआरएनए)को बृहत एकता सम्बन्धि कार्यक्रममा बोल्दै उनले राजनीतिक दलका नेताहरु पदका लागि एकआपसमा फुटेको भन्दै मेलमिलापको आवश्यक परेको बताएकी हुन्। 

Hardik ivf

‘एनआरएनएहरुको यो उपस्थितीले बलियो बन्ने देखिएको छ। तपाइँहरु एक हुनुभएको छ, यो राम्रो सन्देश हो। पदका कुरालाई लिएर हाम्रा राजनीतिक दलहरुमा के भईरहेको छ तपाईहरुलाई थाहा नै छ। पदका लागि एकआपसमा छिनाझपटी गर्न राम्रो होइन्,’ उनले भनिन्, ‘कमसेकम तपाईहरु मिलेजस्तो दलहरुमा पनि मेलमिलापको आवश्यक छ। नेता–नेता फुटेको देखिन्छ। विभिन्न दलहरुको एकआपसमा पानी बाराबार देखिन्छ। त्यस्तोले देश चल्दैन। तपाईहरु मिल्नुभयो यो पनि राजनीतिक दलहरुका लागि उदाहरण हो।’ 

प्रधानमन्त्री कार्कीले एनआरएनएहरुको नेपालीले पाउने नागरिकताबाट त्यो अभाव भएपनि नेपालप्रति आफ्नो सद्भाव कम हुन नदिएको बताइन्।  

‘मेरो सल्लाह के छ भने तपाईहरु नेपाली हुँ भनेर नेपालप्रति जति सद्भाव देखाउनुहुन्छ त्यति तपाईहरुले नेपाली होइन भनी नेपालीले पाउने नागरिकताबाट त्यो अभाव बन्छ जस्तो मलाई लाग्दैन। किनभने जसले पनि आफ्नो मान्छेलाई आफ्नै मान्छेले बनाउँछ। जो नेपाली जहाँ रहेपनि नेपाली नै हो,’ उनले भनिन्।

प्रकाशित मिति: १३:१७ बजे, आइतबार, मंसिर १४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्