Kathmandu Press

एनआरएनएलाई राजनीतिबाट अलग्गै राख्नुपर्छ : सञ्चारमन्त्री खरेल 

आइतबार गैरआवासीय नेपाली संघको बृहत एकता सम्बन्धि कार्यक्रममा बोल्दै उनले एनआरएनए अधिकांश नेता र गुटहरु राजनीतिक दलका गुट र नेता भएको भन्दै पार्टीको एनआरएनए नबनाईदिन आग्रह गरेका हुन्।  
एनआरएनएलाई राजनीतिबाट अलग्गै राख्नुपर्छ : सञ्चारमन्त्री खरेल 

काठमाडौं, मंसिर १४ : सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले गैरआवासीय नेपाली संघको पछिल्लो समय गरिमा खस्किँदै गएको भन्दै एनआरएनएलाई राजनीतिबाट अलग्गै राख्न आग्रह गरेका छन्।   

आइतबार गैरआवासीय नेपाली संघको बृहत एकता सम्बन्धि कार्यक्रममा बोल्दै उनले एनआरएनए अधिकांश नेता र गुटहरु राजनीतिक दलका गुट र नेता भएको भन्दै पार्टीको एनआरएनए नबनाईदिन आग्रह गरेका हुन्।  

Hardik ivf

‘२२ वर्षको अवधिमा पाएको गरिमा, सम्मान पछिल्ला वर्षहरुमा खस्किदै गयो  त्यो किन खस्कियो भने एनआरएनए अधिकांश नेता र गुटहरु राजनीतिक दलका गुट र नेता भए,’ उनले भने, ‘तपाईहरु चोइटिनुभयो। तपाईहरुको गरिमा नै स्खलित हुँदै गयो। एउटा ठुलो अवसर आएको छ पार्टीको एनआरएनए नबनाईदिनु होला।’

उनले संघको बृहत एकता ठुलो अवसर दिएको भन्दै एनआरएनएलाई सम्रग गैरआवासीय नेपाली जनताको र राष्ट्रको समग्र हितमा राख्नुपर्ने बताए। 

मन्त्री खरेलले आजको एकताबाट एनआरएनए कहिलै नझुट्ने, राजनीतिकभन्दा माथि रहने पनि बताए।  

‘आजको एकता समारोहमा मैले पटक पटक भन्थे राजनीतिकबाट माथी राखौं । अनि सम्मान बढ्छ । अब एनआरएनए कहिलै भुट्दैन । अब एनआरएनए राजनीतिक भन्दा माथी रहन्छ । अब एनआरएनए जन्मभुमिको लागि अरबौ लगानी ल्याउनको लागि तपाईहरु नै हाम्रो साथी बन्नुहुन्छ । नागरिक सरकारले निर्वाचन अधिकारका लागि काम गर्नेछ,’ उनले भने। 

प्रकाशित मिति: १३:१२ बजे, आइतबार, मंसिर १४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्