सडक दुर्घटनामा एक जनाको मृत्यु
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सवेदीका अनुसार पोखराबाट कटारीतर्फ गइरहेको बस र डकाहाबाट झुगातर्फ आइरहेको मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकल चालक दुधौली नगरपालिका–३ का २५ वर्षीय महेश कुमरको मृत्यु भएको हो ।
सिन्धुली, मंसिर १४ : मदन भण्डारी राजमार्गअन्तर्गत दुधौली नगरपालिका–२ गागनमा आज बिहान यात्रीवाहक बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ, भने अन्य एक जना गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सवेदीका अनुसार पोखराबाट कटारीतर्फ गइरहेको बस र डकाहाबाट झुगातर्फ आइरहेको मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकल चालक दुधौली नगरपालिका–३ का २५ वर्षीय महेश कुमरको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका कमलामाई नगरपालिका–१४ चन्दनपुरका २५ वर्षका दिपेश कुमरको दुधौली नगर अस्पतालमा उपचार भइरहेको छ ।दुर्घटनापछि फरार भएका बसका चालक उदयपुरको कटारी नगरपालिका–३ का श्यामकुमार भट्टराईको खोजी जारी छ ।
प्रकाशित मिति: ०८:२८ बजे, आइतबार, मंसिर १४, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार












-(7)-1765197040.jpg)