नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सोमबारका लागि सर्यो
आइतबार दिनको २ बजे बस्ने भनिएको बैठक स्थगित गरी सोमबार दिनको २ बजेका लागि बोलाइएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
काठमाडौं, मंसिर १४ : आज बस्ने भनिएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका बैठक स्थगित गरिएको छ ।
आइतबार दिनको २ बजे बस्ने भनिएको बैठक स्थगित गरी सोमबार दिनको २ बजेका लागि बोलाइएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
उनका अनुसार बैठक सोमवार दिउँसो २ः०० बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ भने बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातै प्रदेश कार्यसमितिका सभापतिहरूको उपस्थितिको रहनेछ ।
प्रकाशित मिति: ०८:१३ बजे, आइतबार, मंसिर १४, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार












-(7)-1765197040.jpg)