Kathmandu Press

एमाले महाधिवेशनका लागि २२ सय प्रतिनिधि छानिए

‘धेरैजसो कमिटीमा सर्वसम्मत रूपमा प्रतिनिधि छनोट भएका छन्,’ उनले भने, ‘केही ठाउँमा निर्वाचनको माध्यमबाट प्रतिनिधि छनोट भएका छन्।’ 
एमाले महाधिवेशनका लागि २२ सय प्रतिनिधि छानिए

काठमाडौं, मंसिर १३ : नेमपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनका देशैभरि प्रतिनिधि छनोट भएका छन्। महाधिवेशनका लागि देशभरिबाट २२ सय प्रतिनिधि छनोट भएका हुन्।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले सबैजसो कमिटीमा आज प्रतिनिधि छनोट सकिएको बताए। 

‘धेरैजसो कमिटीमा सर्वसम्मत रूपमा प्रतिनिधि छनोट भएका छन्,’ उनले भने, ‘केही ठाउँमा निर्वाचनको माध्यमबाट प्रतिनिधि छनोट भएका छन्।’ 

छिटफुट रूपमा रोकिएको प्रतिनिधि छनोट प्रक्रिया पनि निर्वाचनबाट टुङ्ग्याउने निर्देशन दिएको उनले बताए। उनका अनुसार एक प्रतिनिधि निर्वाचन क्षेत्रबाट खुला, महिला र युवा गरी चार जना प्रतिनिधि छनोट हुनेछन्। 

छनोट भएका प्रतिनिधि विवरण यही मङ्सिर १५ गतेभित्र पार्टी केन्द्रीय कार्यालयमा पठाइसक्न एमालेले निर्देशन दिएको छ। एमालेले यही मङ्सिर २७ देखि २९ गतेसम्म भक्तपुरमा महाधिवेशन हुने जनाएको छ।

प्रकाशित मिति: १८:४२ बजे, शनिबार, मंसिर १३, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्