Kathmandu Press

‘राष्ट्रिय स्वतन्त्र नागरिक समाज, नेपाल’को औपचारिक घोषणा 

शनिबार पत्रकार सम्मेलनको आयोजना गरी नागरिक हित र राष्ट्रिय सुरक्षा संरक्षणलाई मुख्य एजेन्डाका रूपमा लिएर नागरिक समाजको औपचारिक रुपमा गठन भएको अध्यक्ष नेपालले जानकारी दिए। 
‘राष्ट्रिय स्वतन्त्र नागरिक समाज, नेपाल’को औपचारिक घोषणा 

काठमाडौं, मंसिर १३ : फणीन्द्र नेपालको अध्यक्षतामा आज राष्ट्रिय स्वतन्त्र नागरिक समाज, नेपाल नामक नागरिक समाजको औपचारिक रुपमा गठनको घोषणा गरिएको छ। 

शनिबार पत्रकार सम्मेलनको आयोजना गरी नागरिक हित र राष्ट्रिय सुरक्षा संरक्षणलाई मुख्य एजेन्डाका रूपमा लिएर नागरिक समाजको औपचारिक रुपमा गठन भएको अध्यक्ष नेपालले जानकारी दिए। 

‘नागरिक हित र राष्ट्रिय सुरक्षा संरक्षणलाई मुख्य एजेन्डाका रूपमा लिएर देशभरका सचेत, राष्ट्रभक्त तथा जिम्मेवार नागरिकहरुको साझा संस्थागत संरचना राष्ट्रिय स्वतन्त्र नागरिक समाज, नेपाल औपचारिक रुपमा गठन तथा स्थापना गरिएको सगौरव घोषणा गर्दछौं,’ उनले भने। 

उनका अनुसार राष्ट्रिय स्वतन्त्र नागरिक समाजले संस्थागत संरचना केन्द्र, जिल्ला, पालिका र वडा स्तरसम्म संगठित रुपमा बिस्तार गर्ने, कतैबाट निर्दिष्ट नभई कसैको दवाब र प्रभावमा नपरी स्वतन्त्र रुपमा कार्य सम्पादन गर्नेछ।

अध्यक्ष नेपालले भदौ २३ र २४ गते जेनजीहरुले उठाएको भष्टाचारविरुद्धको आवाज र सुशासनका बारेमा जेनजीहरुसँग सहकार्य गर्ने पनि बताए। 

प्रकाशित मिति: १३:४७ बजे, शनिबार, मंसिर १३, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्