Kathmandu Press

गृहमन्त्री र दुर्गा प्रसाईंबीच गृहमन्त्रालयमा छलफल 

गृहमन्त्री र दुर्गा प्रसाईंबीच गृहमन्त्रालयमा छलफल 

काठमाडौं, मंसिर १२ : गृहमन्त्री ओम प्रकाश अर्याल र दुर्गा प्रसाईंबीच गृहमन्त्रालयमा वार्ता भइरहेको छ। 

प्रसाईंसँग दोस्रो चरणको वार्ता भएको हो। प्रसाईं सामाजिक शान्ति खलल् गरेको आरोपमा पक्राउ परेका थिए। सर्वोच्च अदालतको आदेशपछि उनी छुटेका थिए। उनी छुटेलगत्तै सरकारको आग्रह अनुरुप आन्दोलन स्थगित भएको थियो। 

यसअघि मंसिर ६ गते पनि सरकार र प्रसाईंको अभियानका प्रतिनिधिबीच वार्ता भएको थियो। प्रसाईंले राखेका विभिन्न मागका सम्वन्धमा दोस्रो चरणको छलफल चलिरहेको छ। 

प्रकाशित मिति: १८:४८ बजे, शुक्रबार, मंसिर १२, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्