Kathmandu Press

सेनाको अड्डा पुगेर प्रधानमन्त्री कार्कीले लिइन् चुनावको तयारीबारे जानकारी

सेनाको अड्डा पुगेर प्रधानमन्त्री कार्कीले लिइन् चुनावको तयारीबारे जानकारी

काठमाडौं, मंसिर १२ ः प्रधानमन्त्री सुशीला कार्कीले नेपाली सेनाको मुख्यालय जंगी अड्डा पुगेर आगामी चुनाव तयारीबारे जानकारी लिएकी छन्। 

प्रधानमन्त्री कार्कीले सेनाको मुख्यालय जंगी अड्डाको निरीक्षण गर्दै चुनावको सुरक्षा तयारीका बिषयमा जानकारी लिएकी हुन्। 

उनले निरीक्षणकाक्रममा एक थोपा पनि रगत नबग्नेगरी र एक जना पनि घाइते नहुनेगरी काम गर्न पनि नेपाली सेनालाई निर्देशन दिएकी छिन्। प्रधानमन्त्रीको सचिवालयले जनाए अनुसार निर्वाचन सुरक्षा तयारीबारे जानकारी लिन कार्की सैनिक मुख्यालय पुगेकी हुन्। 

Hardik ivf

चुनाव तयारीबारे जानकारी लिनेक्रममा कार्कीले भनिन्, ‘मैले यसअघि पनि भन्दै आएको छु कि आगामी चुनावमा एक थोपा पनि रगत बग्नु हुँदैन र एक जना पनि घाइते हुनुहुँदैन।’ 

उनले यसअघिका चुनावको समेत अनुभव र फागुन २१ मा हुने चुनावका विविध आयामबाट विश्लेषण गरी सुरक्षा संवेदनशीलता अपनाईसबै सुरक्षा निकायहरूसँगको समन्वयात्मक र त्रुटिरहित ढंगले काम गर्न भनेकी छन्। 

कार्कीले जनतालाई सुरक्षाको प्रत्याभूति दिन, प्रहरी कारबाहीलाई सहजीकरण, सहयोग र सुरक्षित गर्न तथा सबै राजनीतिक दलका राजनीतिक गतिविधिहरुलाई बिनाअवरोध सञ्चालन गर्ने वातावरण सिर्जना गर्न स्पष्ट कार्ययोजनासहित अघि बढ्न पनि निर्देश गरेकी छिन्। 

सचिवालयका अनुसार जेनजी आन्दोलनको क्रममा लुटिएका र हराएका हातहतियारको खोजी तया नियन्त्रणमा लिन प्रहरीलगायत सुरक्षा निकायसँग सहकार्य गरी स्थिति सामान्य पार्ने र फरार अपराधी पक्रन प्रहरीलाई सहयोग गर्ने सम्वन्धमा कुनै कसर बाँकी नराखी खटिन पनि उनले निर्देशन दिएकी थिइन्। 

निरिक्षणकाक्रममा नेपाली सेनाले हालको सुरक्षा अवस्था, प्रमुख चुनौती र आगामी योजनाबारे ब्रिफिङ गरेको थियो । निर्वाचन सुरक्षामा सेना परिचालनको योजना र ढाँचाबारे प्रस्तुतीकरण समेत दिइएको थियो। 

कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्याल, कानुनमन्त्री अनिलकुमार सिन्हा, मुख्यसचिव सुमनराज अर्याल, प्रधान सेनापति अशोकराज सिग्देल लगायतको उपस्थिति थियो।

 

प्रकाशित मिति: १७:१७ बजे, शुक्रबार, मंसिर १२, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्