Kathmandu Press

शीर्ष नेताको महाराजगञ्ज बैठकमा निधि र सिटौला पनि थपिए 

शीर्ष नेताको महाराजगञ्ज बैठकमा निधि र सिटौला पनि थपिए 

काठमाडौं, मंसिर १२ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्माविच चलिरहेको छलफलमा नेताहरू विमलेन्द्र निधि र कृष्णप्रसाद सिटौला पनि थपिएका छन्। 

महाधिवेशनको बिषयमा निकास निकाल्न भइरहेको छलफलमा सभापति देउवाले नेताद्वय निधि र सिटौलालाई पनि डाकेका थिए । महाराजगञ्जस्थित देउवा हाल बस्दै आएको निवासमा छलफल चरिरहेको छ।

Hardik ivf

निधि र सिटौला नयाँ बानेश्वरस्थित आनन्दभूभि इभेन्ट्समा जारी संस्थापन पक्षीय नेताहरूको भेलामा थिए । भेलाबाट निधि र सिटौला देउवा निवासमा पुगेका हुन्। 

देउवाले बिहीबार पनि कांग्रेस नेता निधि र सिटौलासहितका पूर्वपदाधिकारी र आफु निकट केन्द्रीय सदस्यहरूसँग सामुहिक छलफल गरेका थिए। पूर्वपदाधिकारीसहितका नेताहरूसँगको छलफलपछि सभापति देउवासँग महामन्त्रीद्वय थापा र शर्माको भिन्नै छलफल समेत भएको थियो । तर छलफल बिना निष्कर्ष टुंगिएको थियो। 

महाधिवेशनमा सहमती खोज्न नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक पुनः आइतबारका लागि सारिएको छ । शुक्रबार दिउँसो बस्ने गरी डाकिएको बैठक महाधिवेशनको बिषयमा नेताहरुविच सहमती नजुटेपछि आइतबारका लागि सारिएको हो। 

प्रकाशित मिति: १६:५२ बजे, शुक्रबार, मंसिर १२, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्