महाधिवेशन विवाद नमिलेपछि कांग्रेस बैठक फेरि सारियो
शुक्रबार दिउँसो बस्ने गरी डाकिएको बैठक महाधिवेशनको बिषयमा नेताहरुविच सहमती नजुटेपछि आइतबारका लागि सारिएको हो।
काठमाडौं, मंसिर १२ : नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक पुनः आइतबारका लागि सारिएको छ।
शुक्रबार दिउँसो बस्ने गरी डाकिएको बैठक महाधिवेशनको बिषयमा नेताहरुविच सहमती नजुटेपछि आइतबारका लागि सारिएको हो।
कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शुक्रबार एक सूचना प्रकाशित गरी बैठक आइतबार दिउँसो २ बजे बस्ने गरी सारिएको जानकारी दिएका छन्।
‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०८२ मंसिर १२ गते शुक्रबार दिनको २ः०० बस्ने भनिएको बैठक २०८२ मंसिर १४ गते आइतबार दिनको २ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा बस्ने भएको छ,’ सूचनामा भनिएको छ।
आइतबारको बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातै प्रदेश कार्यसमितिका सभापतिहरूको उपस्थितिका लागि सूचनामा अनुरोध गरिएको छ।
आजै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्माविच महाधिवेशनको बिषयमा छलफल तय भएको छ।












-(7)-1765197040.jpg)