Kathmandu Press

सभापति देउवासहित कांग्रेस नेताहरु सहमतिका लागि छलफलमा जुट्दै

बैठकका लागि आज १ बजेको लागि समय तय भएको छ। बिहीबार साँझ पनि उनीहरुबीच छलफल भएको थियो। तर ठोस निश्कर्ष नआएपछि आज फेरि छलफल हुन थालेको हो।
सभापति देउवासहित कांग्रेस नेताहरु सहमतिका लागि छलफलमा जुट्दै

काठमाडौं, मंसिर १२ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्माबीच महाधिवेशनको बिषयमा छलफल तय भएको छ।
 
कांग्रेसमा नियमित कि विशेष महाधिवेशन भन्ने विवाद चर्किरहेका बेला सभापति देउवासँग खड्का, थापा र शर्मा छलफल हुन थालेको हो।

बैठकका लागि आज १ बजेको लागि समय तय भएको छ। बिहीबार साँझ पनि उनीहरुबीच छलफल भएको थियो। तर ठोस निश्कर्ष नआएपछि आज फेरि छलफल हुन थालेको हो। 

केन्द्रीय समितिको बैठक आइतबार बस्दै छ। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकास शर्माले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको पक्षमा हस्तक्षर गरेको कारण दर्शाउँदै निर्वाचनअघि नै महाधिवेशन गर्नुपर्ने माग गर्दै आएका छन्। 

प्रकाशित मिति: १३:२२ बजे, शुक्रबार, मंसिर १२, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्