Kathmandu Press

कांग्रेस सभापति देउवासहित संस्थापन पक्षका अग्रज नेताबीच महाराजगञ्जमा छलफल

विशेष महाधिवेशन र नियमित महाधिवेशनको बहस चर्किरहेका बेला अग्रज नेताहरुबीच छलफल शुरु भएको हो।
कांग्रेस सभापति देउवासहित संस्थापन पक्षका अग्रज नेताबीच महाराजगञ्जमा छलफल

काठमाडौं, मंसिर ११ : नेपाली कांग्रेसका संस्थापन पक्षका वरिष्ठ नेताहरूले महाधिवेशनको बिषयमा सभापति शेरबहादुर देउवासँग छलफल सुरु गरेका छन्।

महाराजगंजस्थित देउवा निवासमा अहिले संस्थापन पक्षका नेताहरूको छलफल जारी छ। विशेष महाधिवेशन र नियमित महाधिवेशनको बहस चर्किरहेका बेला अग्रज नेताहरुबीच छलफल शुरु भएको हो। 

Hardik ivf

कांग्रेस संस्थापन पक्ष चुनावअघि कुनै पनि महाधिवेशन नहुने अडानमा छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्का विशेष महाधिवेशन संभव नरहेको बताउँदै पुस मसान्तभित्र नियमित महाधिवेशनको कार्यतालिका ल्याउनुपर्ने पक्षमा रहेका छन्। 

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको बिषय उठाउँदै आएका छन् । नेता डा.शेखर कोइरालाले चुनावअघि नियमित महाधिवेशनको पक्षमा छन्।

सभापति देउवाले चुनावको मुखमा महाधिवेशन गर्दा प्रतिश्पर्धाका कारण पार्टीलाई क्षति पुग्ने बताउँदै आएका छन्। 
 

 

 

प्रकाशित मिति: १४:५२ बजे, बिहीबार, मंसिर ११, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्